भ्याली कोल्ड स्टोरलाई उत्कृष्ट मासुजन्य उत्पादक अवार्ड, 'कृषि व्यवसायीकरण बापत सम्मान'




काठमाडौं । कृषि व्यावसाय प्रवर्द्धन निर्देशनालयले भ्याली कोल्ड स्टोरलाई उत्कृष्ट मासुजन्य उत्पादकको अवार्ड दिएको छ।
 
विश्व खाद्य दिवसको अवसरमा निर्देशनालयले उक्त अवार्ड दिएको हो। २०४१ सालमा भ्याली समुह अन्तरगत स्थापना गरिएको भ्याली कोल्ड स्टोर तीन जना युवा हरिकृष्ण रावल, श्रीकृष्ण घिमिरे र सानुबाबु बिन्दुकारले संयुक्तरुपमा सञ्चालन गरेका थिए।
 
भ्यालीले फ्रान्समा बनेको बेल नामक अर्धस्वचालित मेसिन प्रयोग गरि प्रति घण्टा १६ सय कुखुरा प्रसोधन गर्दै आएको छ।
 
आईएसओ २२०००: २००५ र हलाल सर्टिफिकेट प्राप्त भ्याली कोल्ड स्टोर अन्तरार्ष्ट्रिय गुणस्तरको खाद्य मापदण्ड पूरा गरेको मासुजन्य उत्पादक हो।
 
हाल कम्पनीले दुई जना पशुचिकित्शक, तीन जना खाद्य प्राविधक सहित २४५ जनालाई प्रत्यक्ष एवं पाँच हजार व्यक्तिलाई अप्रत्यक्ष रोजगारी दिएको जनाएको छ।
 
हाल कम्पनीसँग ३० टनसम्म सुरक्षीत मासु भण्डारण क्षमता रहेको छ। मासुजन्य पदार्थ ओसारपसारको लागि तीन वटा रेफ्रिजेरेटर जडित भ्यानको पनि प्रयोग गर्दै आएको छ। 
 

Share this Story

   

भ्याली कोल्ड स्टोरलाई उत्कृष्ट मासुजन्य उत्पादक अवार्ड, 'कृषि व्यवसायीकरण बापत सम्मान' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.