सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङसी शिवम् सिमेन्टको ९० प्रतिशत काम सकियो, उद्योगले फेरियो गाउँ




रुपन्देही।शिवम् सिमेन्टका संचालक रमेश गुप्ताले अढार्इ वर्षअघि भनेका थिए-तीन वर्षभित्र नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङसी शिवम् सिमेन्टबाट उत्पादन सुरु हुनेछ।



नेपालको शिवम् सिमेन्ट र चीनको होङसी सिमेन्ट कम्पनीको संयुक्त लगानीमा मुलुककै सबैभन्दा ठूलो सिमेन्ट उद्योग निर्माणका लागि सम्झौता भएको केही समयपछि नै गुप्ताको यो भनार्इ  सुन्दा चुनौती जस्तो लाग्थ्यो।लामो प्रकृयागत झण्झटसँगै आउने विभिन्न राजनीतिक अवरोधले तीन वर्ष भित्र सिमेन्ट उत्पादन हुनेमा शंका थियो।

तर गुप्ताले भनेकै समयमा सिमेन्ट उत्पादन हुँदैछ।यो उद्योगले सन् २०१८भित्रै दैनिक ६ हजार टन सिमेन्ट उत्पादन थाल्नेछ।सिमेन्ट उद्योगको ९० प्रतिशत काम पूरा भइसकेको छ।निर्माण सुरु भएको अढार्इ वर्षमा यो कायापलट कसरी सम्भव भयो?



नवलपरासीको वेनिमनिपुरमा ६ सय कामदारले अहोरात्र काम गरिरहेका छन्।साढे तीन सय चिनियाँ र २ सय ५० जना नेपाली कामदारहरु निरन्तर खटिरहेका छन्।यो उद्योग स्थापना हुनुअघि बाटोको सामान्य ट्रयाक मात्रै खुलेको थियो।चिनियाँहरु कुनैपनि काम गर्नुअघि डेडलाइन तयार गर्छन्।त्यो डेडलाइनमा परियोजना सम्पन्न गर्न दिनरात नभनी काम गर्छन्।स्थानीयका अनुसार उद्योग निर्माण सुरु भएपछि  कामदारले २४ सै घण्टा काम गरे।स्रोतका अनुसार चिनियाँहरुले सरकारी प्रकृया ढिलो हुँदा पनि काम रोकेनन्।



‘प्रारम्भिक वातावरणीय मूल्यांकन लगायतका प्रकृया अड्किएपनि निर्माणको काम उनीहरुले रोकेनन्’स्रोतले भन्यो,सरकारी प्रकृया पर्खिएको भए यो परियोजना समयमा आउन सक्ने थिएन।लगानी बोर्डले समेत धेरै काम फाष्ट ट्रयाकमा गर्न सघायो।' संयुक्त लगानीका लागि सम्झौता हुनेवित्तिकै नेपाली साझेदारले वेनिमनिपुरमा सय विघा जग्गा किने।केही समयपछि अर्को एक सय विघा किनेर दुर्इ सय विघामा उद्योग स्थापना थालेको हो।
यो समूहले पहिलेनै पाल्पामा खानी किनिसकेको थियो।सम्झौतापछि उद्योग विभाग र लगानी बोर्डको अनुमतिमा नवलपरासीको दुम्कीवासदेखि छत्रेडाँडासम्म जाने बाटो बनाउन सुरु गरिहाल्यो।त्यो बाटोमा त्यतिबेला दिनरात नभनी एक्साभेटर चले।



१४ किलोमिटर लामो यो सडक डबल लेनको बन्यो। बाटो बनाएपछि उद्योगको रिटेनिङ वालदेखि उद्योगको विल्डिङ लगायतको काम सुरु भइहाल्यो।अढार्इ वर्षमा एक दिन पनि काम नरोकेकै कारण समयमा परियोजना सम्पन्न हुन लागेको स्थानीय बताउँछन्।अहिले उद्योगका लागि आवश्यक विजुलीका लागि तार तान्ने काम भइरहेको छ।उद्योगलार्इ पचास मेगावाट विजुली चाहिन्छ।

पाल्पाको  निसिदी गाउँपालिका  भुडको ज्यामिरेमा यो उद्योगको खानी छ । लगानी बोर्डका अनुसार खानीबाट कच्चा पर्दाथ सुरुङ बनाएर ल्याउनेछ ।
 खानीबाट चुनढुंगा सुरुङहुँदै उद्योगसम्म ल्याउनेछ । अहिले खानीसम्म जाने बाटो तयार भैरहेको छ भने अबको दुर्इ बर्ष भित्रमा उक्त खानीमा जानकालागि सुरुङमार्गको काम सुरु हुनेछ। उद्योगले १२ मेगाबाटको बिजुली समेत निकाल्ने छ।  उद्योगबाट निस्कने प्रदुषणलार्इ नियन्त्रण गरेर थर्मल प्लान्टमार्फत १२ मेगावाट विजुली उत्पादन गर्नेछ।

जग्गाको भाउ आकासियो
सिमेन्ट उद्योग आएपछि जग्गाको भाउ कठ्ठाको पाँच लाख रुपैयाँ पुगेको छ।उद्योग आउनुअघि जग्गाको भाउ कठ्ठाको पचास हजार रुपैयाँ मात्रै थियो।

स्थानीय लालमणि भुसालका अनुसार उद्योग स्थापनाले वेनिमनिपुरको रुपनै परिवर्तन भएको बताए।‘यो सिमेन्ट उद्योग आएर हाम्रो गाउँनै परिवर्तन भयो।हामीले यति चाँडै विकास देख्छौं भन्ने लागेकै थिएन’उनले बिजमाण्डूसँग भने,एउटा उद्योगले विकास यसरी ल्याउँदो रहेछ हामी पनि चकित परेका छौं।'










Share this Story

   

सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङसी शिवम् सिमेन्टको ९० प्रतिशत काम सकियो, उद्योगले फेरियो गाउँ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.