लगानीकर्तालार्इ मार्जिन लोन अझै आकाशको फल, कार्यविधि र प्रविधिक कामले लम्बियो प्रक्रिया




काठमाडौं। धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन निर्देशन दिएपनि यसको कार्यविधी तयार हुन अझै केही महिना लाग्ने भएको छ।
धितोपत्र बोर्डले निर्देशनमा मार्जिन कारोबार गर्नकालागि आवश्यक कार्यविधि तयार पार्न नेपाल स्टक एक्सचेन्ज तथा धितोपत्र दलाल व्यवसायीहरुलार्इ मिलेर ल्याउन अनुरोध गरेपछि यो प्रक्रिया  लम्बिने भएको हो।

बोर्डका प्रवक्ता निरज गिरीका अनुसार मार्जिन लोनको कार्यविधिकालागि नेपाल स्टक एक्सचेन्ज र ब्रोकरहरु मिलेर कार्यविधि तयार पार्न कम्तीमा पनि एक महिना लाग्नेछ। कार्यविधि तयार भएपछि पनि प्राविधिक कामहरु सम्पन्न गर्न केही समय लाग्ने नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले बताए।

निर्देशन आएसँगै नेप्सेले गर्नुपर्ने मुख्य काम भनेको कार्यविधि तयार पार्नु हो। नेपाल स्टक एक्सचेन्ज तथा सिडिएसिको प्राविधिक प्रणाली पनि यसै अनुसार परिवर्तन गर्नुपर्ने हुन्छ।

त्यसमा नर्मल कारोबार तथा मार्जिन कारोबार दुबै छुट्टाछुट्टै देखाउने प्रणाली विकास गर्नुपर्छ। मार्जिन कारोबार सुरु गर्न कानुनी प्रकृया पनि मिलाउनु पर्ने हुँदा यसको लागि केहि समय कुर्नुपर्ने भएको हो।  

नेपाल स्टक एक्सचेन्जले जति छिटो काम गर्न सक्यो त्यति छिटो कार्यविधि तयार हुने ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बताए।
रेग्मीले बोर्डको निर्देशन स्वागत‍योग्य भन्दै नेपाल स्टक एक्सचेन्जसँग सहकार्य गर्न तयार रहेको बताए। ‘ब्रोकरको तर्फबाट हामी एक भएर आफ्नो कुरा अगाडि सार्छौं’- उनले भने। कार्यविधि तयार पार्न धरै समय नलाग्नेमा उनी भने आशावादी देखिए।

Share this Story

   

लगानीकर्तालार्इ मार्जिन लोन अझै आकाशको फल, कार्यविधि र प्रविधिक कामले लम्बियो प्रक्रिया को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.