पहिलो आधा घण्टाको बृद्धि कायम राख्न सकेन शेयर बजारले, १५०० अंक छोएर फर्कियो बजार




काठमाडौं । शेयर बजार गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ। सुरुवाती आधाघण्टामा १० अंकले बढेको बजारले उक्त बिन्दुमा टिक्न सकेन। 
 
८.‍९७ अंकको गिरावट सहित नेप्से परिसूचक १४८४.४५ अंकमा बन्द भएको हो। साढे ११ देखि एक घण्टासम्म लगातार १९ अंकले झरेको बजार त्यसपछि केही समय उकालो लागेको थियो। एक बजे १४९२ अंकबाट करिब साढे पाँच अंकले घटेपछि बजार बन्द भएको हो। 
 
मंगलबार लगातार १३ औँ कारोबार दिनमा शेयर बजार घटेको छ। तिहार पछि बजार हरियो हुन सकेको छैन। तिहार यता बजार ९० अंक धेरैले घटि सकेको छ। 
 
ब्रोकरहरुका अनुसार शेयर किन्नेभन्दा बेच्न चाहने लगानीकर्ताको तीब्र दबाब छ। सोही कारण कारोबार रकम पनि क्रमशः घट्दै आएको छ। मंगलबार १५९ कम्पनीको ४२ करोड ४४ लाख रुपैयाँ बराबरको ११ लाख २९ हजार कित्ता शेयर किनबेच भयो। 
 
साताको तेस्रो दिन ब्यापारिक उपसूचक बाहेक अरु सबै सूचकमा रातो रङ पोतिएको छ। सबैभन्दा धेरै होटल समूहका लगानीकर्ताले २.०३ प्रतिशत गुमाएका छन्। यस्तै माइक्रोफाइनान्सका लगानीकर्ताले पनि ०.९९ प्रतिशत गुमाएका छन्। 
 
बजार र लघुवित्त उपसूचक दुबै घटे पनि मंगलबार सूर्योदय लघुवित्त वित्तिय संस्थाका शेयरधनीले आठ प्रतिशत कमाएका छन्। यस्तै कावेली विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ७.३१ प्रतिशत गुमाए।

Share this Story

   

पहिलो आधा घण्टाको बृद्धि कायम राख्न सकेन शेयर बजारले, १५०० अंक छोएर फर्कियो बजार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.