रिलायबल र जनता बैंकबीच ब्याकान्स्योरेन्स सम्झौंता, बैंकको शाखामार्फत बीमा विस्तार गर्ने




काठमाडौं।रिलायबल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच ब्याकान्स्योरेन्स सम्झौंता भएको छ।



सम्झौंतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुरामकुँवर क्षेत्री र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरे।इन्स्योरेन्सले व्यक्ति सुहाउँदो नयाँ जीवन बीमा योजना ल्याउने जनाउँदै देशैभरि उपस्थिती जनाउने लक्ष्य लिएको जनाएको छ।त्यही लक्ष्य अनुसार बैंकसँग सम्झौंता गरेको र शाखा संजाल भएका क्षेत्रमा बीमा विस्तार गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले सात प्रकारका बीमा योजना बिक्री गरिरहेको छ।कम्पनीले ल्याएको रिलायबल धनपति बीमा योजना धेरैको चासो बनेको दाबी गरेको छ।कम्पनीले यसअघि मञ्जुश्री फाइनान्ससँग समेत ब्याकान्स्योरेन्स सम्झौंता गरेको थियो।
 

Share this Story

   

रिलायबल र जनता बैंकबीच ब्याकान्स्योरेन्स सम्झौंता, बैंकको शाखामार्फत बीमा विस्तार गर्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.