विट्रानियाले दुर्इ महिनापछि वीरगंजमा उद्योग स्थापनाको काम थाल्ने, 'इआइए'को फाइल उद्योग विभागमा




वीरगंज।भारतको लोकप्रिय ब्राण्ड विट्रानियाले दुर्इ महिनापछि उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार निर्माण थाल्ने भएको छ।



कम्पनीले वीरगंज २१ लिपनीविर्तामा उद्योग स्थापनाका लागि जग्गा किनिसकेको छ।कम्पनीका नेपालका सल्लाहाकार नेपाल इन्भाइरोमेन्टल सर्भिसेजका वीरेन्द्र नेपालीका अनुसार वातावरणीय प्रभाव मूल्यांकनका लागि उद्योग विभागमा फाइल पुगेको छ।‘अहिले वातावरणीय प्रभाव मूल्याकंन स्वीकृतिको लागि उद्योग मन्त्रालयमा फाइल पठाइएको छौं, जति चाँडै स्वीकृत हुन्छ ,त्यतिकै चाँडै काम शुरु हुन्छ ,’उनले भने।कम्पनीले पहिला स्थापना गर्ने सोच बनाएको ठाउँमा जग्गा अपुग भएपछि वीरगंज महानगरपालिकाभित्र सारेको हो।

यसअघि ब्रिटानिया प्रालीले नेपालले कम्पनी दर्ता गरी जीतपुरसिमरा –२ मा उद्योग स्थापना गर्ने सोचमा बनाएको थियो।कम्पनीले चाहेको क्षेत्रफलमा जग्गा उपलब्ध नहुदाँ कम्पनीले सिमराबाट वीरगंज महानगरको परवानीपुर आसपासमा रहेको लिपनीविर्तामा उद्योग सारेको हो। १ अर्ब ११ करोडको लगानीमा स्थापना हुने उद्योगको फाइल वातावरणीय प्रभाव मूल्याड्ढनको लागि उद्योग मन्त्रालयको प्रविधि महाशाखामा पुगेको उद्योग विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालले जानकारी दिए ।

विभागबाट आवश्यक प्रक्रिया पूरा गरी चाँडै नै इआइए स्वीकृतिको लागि वातावरण मन्त्रालयमा फाइल पठाउने तयारी भइरहेको महाशाखाका निर्देशक प्रशान्त बोहराले बताए । तीन महिना अगाडि भारतीय कम्पनी ब्रिटानियाका उच्च अधिकारीहरू नेपाल आएर कम्पनी दर्ता गरी सिमरामा जग्गा किन्ने तयारी गरेका थिए ।

तर जग्गा खरिदमा किंचलोको कारण बिस्कुट कम्पनीको उद्योग लिपनीबिर्तामा उद्योग लगाउने निर्णयमा पुगेको हो । उद्योगले डेढ वर्षभित्रै उत्पादन थाल्ने लक्ष्य छ । उद्योगमा ३ सय ४५ जनालाई रोजगारी पाउनेछन् । कम्पनीले वार्षिक १४ हजार टन विस्कुट उत्पादनको लक्ष्य लिएको जनाएको छ ।नेपालीका अनुसार अत्याधुनिक प्लान्टबाट विस्कुट उत्पादन गर्नेछ । भारतको वाडिया ग्रुपको लगानीमा स्थापित ब्रिटानियाले वार्षिक एक खर्बको कारोवार गर्छ ।


Share this Story

   

विट्रानियाले दुर्इ महिनापछि वीरगंजमा उद्योग स्थापनाको काम थाल्ने, 'इआइए'को फाइल उद्योग विभागमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.