शेयर बजारमा वियरिस ट्रेन्ड यथावत, सबै उपसूचकमा रातो पोतिएपछि १७.८३ अंकले झर्यो सूचक




काठमाडौं। तिहारपछि लगातार ओरालो लागेको शेयर बजार बुधबार १७.८३ अंकले गिरावट आएको छ।
१४४८.४५ अंकमा खुलेको बजार लगातार २३ मिनेटसम्म ओरालो लागेको थियो। त्यसपछि दुर्इ अंक बढेको बजार लगत्तै तल झर्न सुरु गर्यो।  त्यसपछि ११ बजेर २४ मिनेटदेखि मध्यान्नसम्म केही तलमाथि भएको भएपनि बजार एकबजेदेखि फेरि ओरालो लागेर १४५९ अंकमा झर्यो। बजार दुर्इ बजेसम्म उकालो लाग्दा पनि १४७१ अंक भन्दा माथि जान सकेन।

त्यसपछि ३० मिनेट थोरै अंकमा टिकेको बजार अन्तमा १४६६.६२ अंकमा रोकियो। बुधबार १.२० प्रतिशतले ओरालो लागेको बजारमा ४७ करोड ७७ लाख रुपैयाँको करोबार भयो।

बुधबार नेप्सेका सबै सूचक तथा उपसूचक ओरालो लागेका छन्। सबै उपसूचक ओरालो लाग्दा क्रमश वाणिज्य बैंक १.१३, ट्रेडिङ १.५९, होटल ३.३८, विकास बैंक १.२१, हाइड्रोपावर १.५७, फाइनान्स १.१, बीमा उपसूचक समान १.६६ प्रतिशतले घटेका, उत्पादन ०.१३, अन्य ०.३५ र माइक्रोफाइनान्स १.२३ प्रतिशतले घटेको छ।  

बुधबार सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकको तीन करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
 
सबैभन्दा धेरै माहुली सामुदायीक लघुवित्त संस्थाका शेयरधनीले ४ प्रतिशतले कमाएका छन् भने सबै भन्दा धेरै बोटलर्स नेपालका शेयर धनीले ९.९८ प्रतिशतले गुमाएका छन्।
 
सबैभन्दा धेरै कारोबार भएका कम्पनीको जम्मा १७ करोड ४९ लाख रुपैयाँ कारोबार भएको छ।
 

Share this Story

   

शेयर बजारमा वियरिस ट्रेन्ड यथावत, सबै उपसूचकमा रातो पोतिएपछि १७.८३ अंकले झर्यो सूचक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.