ऐन आउँदा खुशी भएका कमोडिटी संचालक नियमावलीको मस्यौंदा हेर्दा भए ‘प्याकप्याक’, किन डराए संचालक?




काठमाडौं।कमोडिटी बजारको ऐन आउँदा हौसिएका कमोडिटी एक्सचेन्जका लगानीकर्ताहरु नियमावलीमा आउन लागेको प्रावधानबाट भने निराश भएका छन्।

धितोपत्र बोर्डले नियमावलीको मस्यौंदामा एक जना संचालकसँग पाँच प्रतिशत भन्दा बढी शेयर स्वामित्व हुन नहुने,एक्सचेन्जको चुक्ता पूँजी पचास करोड हुनुपर्ने लगायतका प्रावधानले उनीहरु निराश भएका हुन्।नेपाल डेरिभेटिभ एक्सचेन्जका संचालक कृष्ण गिरीले नियमावली आएपछि पचास करोड चुक्ता पूँजी पुर्याउनुपर्ने बताउँदै चुक्ता पूँजी पुर्याउन सम्भव नहुने बताए।उनले चुक्ता पूँजी पुर्याउन ६ महिनादेखि एक वर्षको समय दिनुपर्ने बताए।

मर्कन्टायल एक्सचेन्जका डिजिएम नरेन्द्रप्रसाद भट्टका अनुसार नेपालमा दुर्इ वटा मात्रै कमोडिटी एक्सचेन्ज भए पुग्ने बताए।बोर्डले ल्याएको नियमावलीमा एक्सचेन्जका संचालकले पाँच वर्षसम्म शेयर बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ।नियमावली बनाउने कार्यदलका संयोजक तथा धितोपत्र बोर्डका सदस्य तोयानाथ अधिकारीले नियमावली आउँदा संचालन रहेका कमोडिटी एक्सचेन्ज बन्द हुने किसिमले नआउने बताए।

कार्यक्रममा धितोपत्र बोर्डका निर्देशक मुक्तिनाथ श्रेष्ठले कमोडिटी संचालनको अनुमति पाएको छ महिनाभित्र पूर्वाधारको व्यवस्था गरिसक्नुपर्ने बताए।विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमा बजारको कुल शेयर पूँजीको ५१ प्रतिशतसम्म शेयर स्वामित्व ग्रहण गर्न सक्ने व्यवस्था नियमावलीमा रहेको उनले बताए।नियमावलीमा कसुजन्य कारवाही गरेमा पाँच हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरीवाना गरिने श्रेष्ठले बताए।

Share this Story

   

ऐन आउँदा खुशी भएका कमोडिटी संचालक नियमावलीको मस्यौंदा हेर्दा भए ‘प्याकप्याक’, किन डराए संचालक? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.