मध्यान्तरपछिको उचाइ टिक्न नसक्दा बजार १३ औं दिनपनि वियरिस ट्रेण्डमै, लगानीकर्ता आत्तिए




काठमाडौं। शेयर बजार लगातार १३ औ कारोबारका दिन पनि ओरालो लाग्दा यस अवधिमा १०८ अंकले गिरावट देखिएको हो। तिहारपछि कात्तिक छ गतेबाट घट्न थालेको बजार बिहीबार पनि ५.८९ अंकले ओरालो लागेको छ।

बिहीबार कारोबार खुलेदेखि नै ओरोलो लागेको भए पनि १४५२ अंकमा पुगेर ब्रेक लागेको थियो। ब्रेक लागेसँगै बजार उकालो लाग्दा २:४ बजेसम्ममा १४७५.७३ अंक सम्म पुग्यो यतिबेलासम्म बजार ९ अंकले बढेको थियो। पुन: बजार ओरालो लाग्दा अन्तमा ५.८९ अंकको गिरावट सहित १४६०.७३ अंक कायम रह्यो भने ४६ करोड ८२ लाख रुपैयाँको कारोबार भयो।

बजार लगातार यसरी ओरालो लाग्नुपर्ने कुनै कारण नभएको ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष इश्वरी रिमालले बताए। अहिलेको अवस्थामा कुनै पनि नकारात्मक सूचक नभएको तापनि बजार ओरालो लाग्दा सबै अचम्ममा परेको उनले प्रतिक्रिया दिए।

‘अहिलेको अवस्थामा नकारात्मक पक्ष भनेको बैंक तथा वित्तीय संस्थाको पहिलो तीन महिनाको नाफा घट्नु मात्र हो। यस वाहेको कुनै पनि इन्डिकेटर नकारात्मक देखिदैन। तैपनि लगानीकर्ताले चुनावको परिणाम कुरेको हो कि भन्ने देखियो।’ –उनले भने। यो अवस्थालार्इ बजारको सकारात्मक पक्ष नै मान्नुपर्ने उनले सुझाए।

बजारको कन्फिडेन्स घटेको सिद्धार्थ क्यापिटका प्रमुख ध्रुब तिमल्सिनाको भनार्इ छ। पहिला देखिनै लगानीकर्ताले बजार बढेको बेलामा मात्र शेयर किन्ने मनोविज्ञानले प्रभाव पारेको उनले विश्लेषण गरे। बढेपछि बेपत्तै बढ्ने  नेपाली शेयर बजारको विशेषता नै भएको उनले  बताए।

साताको अन्तिम कारोबारमा सबै सूचक ओरालो लाग्दा हाइड्रोपावर र माइक्रोफाइनान्सको उपसूचक बाहेक सबै उपसूचक ओरालो लागेका छन्।
हाइड्रोपावर ०.३७ र माइक्रोफाइनान्स ०.०७ प्रतिशतले उकालो लागेपनि अन्य उपसूचक वाणिज्य बैंक ०.५४, ट्रेडिङ ०.८३, होटल ०.४३, विकास बैंक ०.६८, फाइनान्स १, बीमा ०.३१, उत्पादन ०.२ र अन्य ०.१८ प्रतिशतले गिरावट आएको छ।

बिहीबार समता माइक्रोफाइनान्सका शेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै रिलायबल माइक्रोफाइनान्सका शेयरधनीले ७.६ प्रतिशतले गुमाएका छन्।

आज सबैभन्दा धेरै एभरेष्ट बैंकको तीन करोड २० लाख रुपैयाँको करोबार भएको छ। त्यस्तै सबैभन्दा धेरै कारोबार हुने १० कम्पनीहरुमा क्रमश: एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नागवेली लघुवित्त विकास बैंक, नविल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाडौं, एनआर्इसी एसिया बैंक, प्राइम कमर्सिलय बैंक र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर रहेका छन्। 

Share this Story

   

मध्यान्तरपछिको उचाइ टिक्न नसक्दा बजार १३ औं दिनपनि वियरिस ट्रेण्डमै, लगानीकर्ता आत्तिए को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.