फिल्डमै तीनदिन बिताएका चिनियाँ टोली रेलमार्गमा सकारात्मक, काठमाडौंको मोनोरेलबारे पनि चासो




काठमाडौं।नेपालमा रेलमार्गको सम्भावनाबारे स्थलगत अध्ययन गर्न आएको चिनियाँ उच्च प्राविधिक सहितको टोलीले बिहीबार स्थलगत अध्ययन सकेका छन्। बिहीबार लुम्बिनी पुगेको चिनियाँ टोलीले रेलमार्ग पर्ने बिभिन्न स्थानहरुमा फिल्डमै पुगेर संभाब्यता अध्ययन गरेका थिए।



सोमबार नेपाल आइपुगेका चीनको रेलवे एडमिनिस्ट्रेसनका उपप्रमुख जेङ जियन सहितको सरकारी टोलीले तीन दिनसम्म फिल्डमै खटिएर  अध्ययन गरेका थिए। रेल विभागका सिडिर्इ एवम् प्रवक्ता प्रकाशभक्त उपाध्यायले बिहीबार लुम्बिनी पुगेका चिनियाँ रेलवे टोली रेल निर्माणका लागि सकारात्मक देखिएको बताए।

उक्त टोलीले सोमबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा छलफल गरेको थियो। छलफल पछि मंगलबार नेपालका प्राविधिक समेत सम्मिलित सयुक्त टोली काठमाडौंबाट धादिङको गल्छी हुँदै रसुवासम्म पुगेर स्थलगत अध्ययन गरेका थिए। त्यसैगरी बुधबार टोली पोखराको हेम्जा र  विजयपुरसम्म पुगेका थिए। बिहीबार स्थलगत अध्ययनकै लागि लुम्बिनी पुगेर अध्ययन पूरा गरेका थिए।

रेल विभागका सिडिर्इ एवम् प्रवक्ता  उपाध्यायले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा बृहत रुपमा छलफलपछि शुक्रबार नै टोली स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिए।

उपाध्यायका अनुसार स्वदेशमै फर्किएर उनीहरुले वर्क आउट गरी सम्भाव्यता, अनुमानित लागत तयार पार्नेछन् र त्यसको जानकारी गराउनेछन्। त्यसपछिको प्रक्रिया भने नेपाल ठूला राजनितिज्ञहरुको इच्छाशक्तिमा भर पर्ने विज्ञहरु बताउँछन्।। उनीहरुले चाहे  चिनियाँले नेपालमा रेल विस्तार गर्ने सक्ने विज्ञहरुको भनार्इ छ।
 
चीनले रेलमार्गमा लगानी वा निर्माण गर्ने अहिले एकिन भने भैसकेको छैन। यो प्रारम्भिक अध्ययनमात्र भएको बताइएको छ। संभाब्यता अध्ययनका क्रममा उनीहरु सकारात्मक देखिएकाले लगानी गर्न सक्ने रेल विभागका प्रवक्ता उपाध्यायले सम्भावना ब्यक्त गरे।

चिनियाँ प्राविधिकले भूगोल र लागतको अवस्थालार्इ हेर्दा पोखरा हुँदै भन्दा पनि मुग्लिनबाट लुम्बिनी पनि लैजान सक्ने चिनियाँ प्राविधिकको भनार्इ छ। केरुङबाट काठमाडौंसम्म रेल ल्याउनका लागि  कठिन भौगोलिक अवस्थाका कारण ठूलो लगानी आवश्यक पर्ने चीनियाँ प्राविधिकको प्रारम्भिक अनुमान रहेको छ।

चीन सरकारको प्रतिनिधित्व गर्ने टोली भएकाले औपचारिक धारणा स्वेदशमै फर्केर नेपाललार्इ जानकारी गराउने रेल विभागले जनाएको छ। त्यस्तै काठमाडौंमा कुदाउने भनिएको मोनोरेलप्रति पनि टोलीले  चासो देखाएको बुझिएको छ।

उनीहरुले रेलमार्ग निर्माणकालागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाली पक्षलार्इ तालिम दिने प्रतिवद्धता समेत जाहेर गरेको बुझिएको छ। चीनमा रेल निर्माण गर्दै आएका पाँच भिन्न कम्पनीका प्राविधिक, परराष्ट्र, यातायात मन्त्रालयका प्रतिनिधी, परामर्शदाता कम्पनी, निर्माण व्यावसायी, बैंकका प्रतिनिधी लगायतको २३ सदस्यीय टोली  सम्भाव्यताकालागि आएको हो।



Share this Story

   

फिल्डमै तीनदिन बिताएका चिनियाँ टोली रेलमार्गमा सकारात्मक, काठमाडौंको मोनोरेलबारे पनि चासो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.