विनोद चौधरीको राजनीतिक छलाङ, कांग्रेसको ‘आर्थिक सम्मृद्धि र विकास समन्वय उपसमिति’ संयोजक चयन




काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रयोजनका लागि गठित ‘आर्थिक सम्मृद्धि र विकास समन्वय उपसमिति’ संयोजनकमा उद्योगी विनोद चौधरीलाई मनोनित गरेको छ। केन्द्रिय सदस्य बालकृष्ण खाँड संयोजक रहेको निर्वाचन परिचालन समिति अन्तर्गत उक्त उप समिति गठन भएको हो। चौधरी परिचालन समितिमा पनि सदस्य छन्।


 
अघिल्लो साता नेपाली कांग्रेस प्रवेश गरेका चौधरीले अब मुलुकलाई बिकास र सम्मृद्धिको लामो रेशमा हिँडाउने अभियान अन्तर्गत आफु सकृय राजनीतिमा आएको बताए। ‘२०४६ सालमा सुरु भएर बिचैमा रोकिएको आर्थिक विकासको अभियानले अब निरन्तरता पाउन लागेको छ, उनले भने- त्यसलाई गति दिने अभियानमा कांग्रेसले अनुरोध गरेपछि राजनीतिमा होमिएको हुँ।’
 
चौधरी २०६४ सालको संविधानसभामा नेकपा एमालेको तर्फबाट सभासद बनेका थिए। त्यसबेला आफु एमाले सभासद् बने पनि उक्त पार्टीको कार्यकर्ता नरहेको चौधरीको भनाइ छ। ‘कांग्रेसमा भने सकृय राजनीति गर्ने दृष्टिकोण सहित आएको हुँ’ उनले भने। चौधरी नेपाली कांग्रेसको समानुपातिक उम्मेद्वार सूचीमा छन्। उनलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक विकास अभियानमा नेतृत्वदायी भूमिका निभाउन अनुरोध गर्दै पार्टीमा स्वागत गरेका थिए।

Share this Story

   

विनोद चौधरीको राजनीतिक छलाङ, कांग्रेसको ‘आर्थिक सम्मृद्धि र विकास समन्वय उपसमिति’ संयोजक चयन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.