ग्लोबल आइएमर्इको २० प्रतिशत लाभांश प्रस्ताव पारित, बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड पुग्यो




काठमाडौं।ग्लोबल आइएमर्इ बैंकले गत वर्षको मुनाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ।



बैंकको विहिबार भएको ११औं साधारणसभाले १० प्रतिशत बोनश र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।यो बोनशपछि  बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड पुगेको छ।असोजसम्म १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप र ८८ अर्ब ७७ करोड कर्जा लगानी गरेको बैंकले जनाएको छ।

बैंकले १ सय ८ शाखा,१ सय २५ एटिएम, १४ वटा राजस्व काउन्टर,एउटा सिडिएससी काउन्टर र चार वटा एक्सटेन्सन काउन्टरबाट सेवा दिइरहेको छ।बैंकले अत्याधुनिक प्रविधियुक्त भाइबर बैंकिङ सेवा,मोबाइल बैंकिङ सेवा र इन्टरनेट बैंकिङ सेवा दिँदै आएको छ।
 


Share this Story

   

ग्लोबल आइएमर्इको २० प्रतिशत लाभांश प्रस्ताव पारित, बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड पुग्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.