रेलमार्ग अध्ययन गर्न चिनियाँ प्राविधिक टोली भैरहवामा, रेल बनाउन चिनियाँ उत्सुक




रुपन्देही।रेलमार्गको सम्भावना अध्ययन गर्न आएको चिनियाँ प्राविधिक तथा नेपाली सरकारी अधिकृत सहितको टोलीले रुपन्देही आएर अध्ययन  सुरु गरेको छ। टोलीले भैरहवा  तथा त्यस क्षेत्रको आसपासको क्षेत्र निरीक्षण गरेको हो।



भैरहवा विमानास्थलको पछाडी, भैरहवाभन्दा पूर्व तथा पश्चिमी क्षेत्रको निरीक्षण गरी लुम्बिनी आसपास पनि रेलको सम्भाव्यताबारे अध्ययन गरिएको भौतिक निर्माण तथा यातायात मन्त्रालय रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले बताए।

चिनियाँ राष्ट्रिय रेल वे प्रशासनका उप निर्देशक झियान चियान नेतृत्वको ३३ सदस्यीय टोलीले नेपालमा रेलको सम्भाव्यताबारे अध्ययन गरिरहेको छ।केरुङ्गबाट हिँडेको टोली पोखरा हुँदै लुम्बिनी आएको हो। दुई पक्षले नेपालमा रेलको सम्भावनाबारे संयुक्त रुपमा अध्ययन गरिरहेको उनले बताए। नेपाल र चीनबीच रेलमार्गले जोड्न चिनियाँ टोली उत्सुक रहेको आफूले पाएको उपाध्यायले बताए। 

Share this Story

   

रेलमार्ग अध्ययन गर्न चिनियाँ प्राविधिक टोली भैरहवामा, रेल बनाउन चिनियाँ उत्सुक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.