सिटी एक्सप्रेस र कोरियाको जि-मनी ट्रान्सबीच सम्झौता, कोरियाबाट पठाएको पैसा दश मिनेटमै नेपालमा




काठमाडौं। जापानको  रेमिट्यान्स  कम्पनी  सिटी  एक्सप्रेस  मनी  ट्रान्सफर जापान र  कोरियाली  कम्पनीको  संयुक्त लगानीमा  स्थापित  कम्पनी जि मनी ट्रान्सले आगामी शनिवारदेखि सेवा सुरु गर्दैछ।
दक्षिण कोरिया सरकारले गत जुलाई महिनामा प्राईभेट रेमिट्यान्स कम्पनीबाट सेवा सञ्चालनकालागि आवेदन  माग गरेपछि जि मनी ट्रान्सले सेवा संचालनको अनुमति पाएको हो।

कम्पनीले नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग सहकार्यको सम्झौता गरेको छ। यसअनुसार कम्पनीको कोरियास्थित आन्सान शाखाबाट नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ। नेपालमा देशभरीका सिटी एक्सप्रेस मनी ट्रान्सफरका पाँचहजार भन्दा धेरै भुक्तानी केन्द्रहरुबाट रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।  कम्पनीका अनुसार कोरियाबाट पैसा पठाएको दश मिनेटमै नेपालमा आफन्तले पैसा लिन सक्ने ब्यबस्था मिलाइएको छ।

हाललाई कम्पनीको आन्सान शाखाबाट मात्र सेवा सञ्चालन गर्न लागेको जि मनी ट्रान्स ले केही दिन मै मोबाइल एप बाट पनि सेवा शुरु गर्ने प्रेस बिज्ञप्तीमार्फत जनाएको छ । मोबाईल एप सेवा पूर्ण अनलाइन  रजिष्टर गर्न मिल्ने खालको  हुने र मोबाईल एप शुरु भैसकेपछि  सेवाग्राहीले   घरमै बसेर  दर्ता  गर्न  सक्ने बताइएको छ।

 जि मनीको सेवा उपयोग गर्दा तोकिएको रकम पठाउने न्यूनतम शुल्क बाहेक कुनै पनि अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले  अमेरिका, जापान, यूएर्इ, भारत, साउदी अरब, कतार, मलेसिया, बेलायत लगायत नेपालीहरु कार्यरत सबैजसो मुलुकहरुबाट बिभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ।

Share this Story

   

सिटी एक्सप्रेस र कोरियाको जि-मनी ट्रान्सबीच सम्झौता, कोरियाबाट पठाएको पैसा दश मिनेटमै नेपालमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.