केरुङ-काठमाडौं रेलमार्ग बनाउन सकिने चिनियाँ टोलीको निष्कर्ष, निर्णय गर्ने पालो नेपालको




काठमाडौं।केरुङबाट काठमाडौ रेल विस्तार गर्न सकिने चिनियाँ प्राविधिक टोलीले निष्कर्ष निकालेको छ । टोलीले काठमाडौंबाट पोखरा हुँदै लुम्बिनीसम्म पनि रेल लैजान सकिने उल्लेख गरेको छ।



तीन दिनसम्म स्थलगत अध्ययन गरेको चिनियाँ प्राविधिक सहितको सरकारी टोलीले शुक्रबार भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा केरुङ-काठमाडौं रेल मार्ग विस्तार गर्न सकिने र यसका लागि सकारात्मक रहेको बताएको छ।

चीनको राष्ट्रिय रेल सेवा एडमिनिस्ट्रेसनका उपप्रमुख झङले केरुङ काठमाडौ रेल निर्माण गर्न सकिने बताए।
उनले केरुङबाट तलतिर ओरालोमा रेल मार्ग विस्तार भौगोलिक रुपमा कठिन भएपनि निर्माण भने गर्न सकिने त्यसका लागि लागत भने ठूलो लाग्ने जानकारी दिए।

केरुङबाट स्याफ्रुवेशीसम्म एउटै लामो ग्रेड अनि ओरालो भएकाले केहि प्राविधिक समस्या देखिने भन्दै   रेलको ओरालो बाटोमा व्रेक लगाउन कठिन हुने भएकाले प्राविधिक रुपमा खर्च बढी गरेर भएपनि  रेलमार्ग विस्तार भने गर्न सकिने उनको भनार्इ छ।

शुक्रबार चिनियाँ रेलवेका उपप्रमुख झङ चियान  र भौतिक पूर्वाधार तथा यातायातका सचिवले  आगामी दिनमा नेपालमा रेल मार्ग विस्तारका  लागि सहयोग गर्ने सहमतिपत्रमा हस्ताक्षर समेत गरेका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले  नेपाल र चीन बीच रेल मार्ग विस्तार गर्न सके दुवै देशलार्इ फार्इदा हुने बताए। उनले पछिल्लो समय चीनले गरेको  टेक्नोलोजी क्रान्तिको प्रशंसा गर्दै  सरकारले  नेपालमा चिनियाँ  रेल मार्ग विस्तारका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

नेपालका राजनीतिक नेतृत्वहरुको इच्छा शक्तिमा अब नेपालमा रेल मार्ग विस्तार गर्न सकिने नसकिने भन्ने कुरा निर्भर रहने विज्ञहरु बताउँछन्। अब नेपालका तर्फबाट रेलमार्ग विस्तारका लागि प्रस्ताव लैजानुपर्ने  उनीहरुको भनार्इ छ।

रेल विभागका महानिर्देशक अनन्त आचार्यले स्थलगत अध्ययन केरुङ-काठमाडौं रेलमार्ग निर्माणका लागि पहिलो सफल खुड्किलो भएको बताए। स्थलगत अध्ययनपछि उनीहरु उत्साहित देखिएकाले पछिल्लो समयमा सहकार्य गरी अघि बढिने बताए।

पूर्व एक अध्ययन अनुसार काठमाडौं-केरुङ  रेलमार्ग १ सय र काठमाडौं-पोखरा १ सय ८७ किलोमिटर लामो हुने देखाएको छ। पोखरा-लुम्बिनी रेलमार्गको भने कुनै अध्ययन हुन सकेको छैन ।

नेपालले ओविओरमा सहमति जनार्इसकेकाले चीनले नेपाल हुँदै भारत लगायत अन्य एसियाली मुलुकहरुमा व्यापार गर्न चाहेको रेल विभागले जनाएको छ।

नेपालीले रेलको सपना धेरै अघि देखि बुन्दै आएपनि अहिले नेपालमा रेलमार्ग सञ्चालनमा छैन। रेल विभागका एक अधिकारीले उत्साहित हुँदै भने-‘ चीनको रेल जर्मनी हुँदै इङल्याण्ड पुग्यो ।अब त्यस्तै गरी नेपालमा गुडाउनु पर्छ।’
 
 

Share this Story

   

केरुङ-काठमाडौं रेलमार्ग बनाउन सकिने चिनियाँ टोलीको निष्कर्ष, निर्णय गर्ने पालो नेपालको को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.