राष्ट्र बैंकमा कर्मचारी युनियनको आन्दोलन निरन्तर, अर्को साता पनि धर्ना जारी रहने




काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारी युनियनले व्यवस्थापन विरुद्धको आन्दोलनलाई आउँदो साता पनि निरन्तरता दिने भएका छन्। व्यवस्थापनले एक पक्षिय रुपमा कर्मचारी विनियमावली संशोधन गरेपछि राष्ट्र बैंकका दुई युनियनले निरन्तर आन्दोलन गर्दै आएका छन्।
 
राष्ट्र बैंक सञ्चालक समितिले कर्मचारी विनियमावलीमा रहेको ३० बर्षे सेवा अवधिको प्रावधान हटाएर लोक सेवा आयोगमा स्वीकृतिका लागि पठाएको छ। आम कर्मचारीको वृत्ति विकासमा गम्भिर असर पुर्याउने निर्णय व्यवस्थापनले एकलौटी रुपमा गरेको भन्दै कर्मचारीहरु लामो समय देखि आन्दोलन गर्दै आएका छन्। 
 
नेपाली कांग्रेस निकट नेपाल वित्तिय संस्था कर्मचारी संघ र नेकपा एमाले निटक नेपाल राष्ट्र बैंक कर्मचारी संघ दुबैले आउँदो साताका लागि आन्दोलन कार्यक्रम घोषणा गरेका हुन्। दुबै युनियनले हरेक दिन कार्यालय खुले देखि दुई घण्टा गभर्नर कार्यालयमा धर्ना दिने जनाएका छन्। यस्तै थापाथली स्थित बैंकिङ कार्यालयमा कार्यकारी निर्देशकको कार्यकक्ष एवं जिल्लास्थित कार्यालयमा प्रमुखको कार्यकक्षमा धर्ना दिन दुबै युनियनले कर्मचारीहरुलाई आह्वान गरेका छन्। 
 
युनियनले विगतमा पनि यस्तै आन्दोनलको कार्यक्रम सञ्चालन गर्दै आएका थिए। युनियनको आन्दोलनमा राष्ट्र बैंकका करिब ११ सय कर्मचारीमध्ये ८०० जनाको साथ छ। 
 
वित्तिय क्षेत्र सुधार कार्यक्रम लागु हुँदा सन् २००१ मा राष्ट्र बैंक लगायत सरकारी बैंकमा पुराना कर्मचारी बिदा गरि युवा एवं सूचना प्रविधिमा दक्षलाई भर्ना गर्ने उद्देध्यले ३० बर्षे सेवा अवधि लागु गरिएको थियो। सुधार कार्यक्रमको लक्ष अझै हासिल हुन बाँकि रहेको भन्दै राष्ट्र बैंकका दुई तीहाइ बढी कर्मचारी यो प्रावधान कायम राख्ने पक्षमा छन्। अधिकांश कर्मचारी र पुर्व गभर्नरहरुको असहमतिका बाबजुत गभर्नर डा. चिरन्जीबि नेपालले सञ्चालक समितिबाट ३० बर्षे हटाउने अजेण्डा पारित गराएका थिए। 

Share this Story

   

राष्ट्र बैंकमा कर्मचारी युनियनको आन्दोलन निरन्तर, अर्को साता पनि धर्ना जारी रहने को लागी ५ प्रतिक्रिया(हरु)

Mitra bdr[ Nov 12, 2017 - 09:42 am ]
Nrb has done good action for one nation one rule of stafs so New and few are not a total of nation

   हालसम्म ४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


NRB[ Nov 11, 2017 - 04:40 pm ]
कमेन्ट गर्नेले पनि किन reality लुकाउने होला । ३० हटाय मर्ने बेला सम्म जागिर खाउला भन्ने होला । ८०० जानाको हस्ताक्षर बुजायको थाहा छैन जस्तो छ ।

   हालसम्म ५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Aagni Rana[ Nov 11, 2017 - 04:17 pm ]
मर्लान र खाउँला भन्ने हरुकाे कथित अान्दाेलन ! केवल राेदन ।अाफ्नै छाता संगठनकाे पनि समर्थन छैन ।के काे ८०० । केवल अराजा भिडकाे समाचा र ले पत्रकारीता कै बदनाम ।

   हालसम्म ४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sushil[ Nov 11, 2017 - 10:21 am ]
बृदा आश्रम बनाउन पर्ने भयो अब रास्ट्र बैक मा ।

   हालसम्म ११ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


पिडित[ Nov 10, 2017 - 10:03 pm ]
कत्ति फरक छ है तपाईहरुको अनि डाक्टर केसीको आन्दोलन ? कोहि सारा नेपालीको लागि लडिरहेको कोहि मात्र आफ्नो लागि ...बाचुन्जेल रास्ट्र बैंकमा तपाईहरुले नै राज्य गरिबक्सेला महाराजहरु.... महाराजहरुको जय जय जय !!!

   हालसम्म ४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.