कार्ल्सवर्गको १ सय ७०औ वार्षिकोत्सवमा फोटो प्रदर्शनी, ब्रुइङको इतिहास बुझ्ने अवसर




काठमाडौं। गोर्खा ब्रुअरीले कार्ल्सवर्गको १ सय ७०औं वार्षिकोत्सवका अवसरमा कार्ल्सवर्ग सम्वन्धि फोटो प्रदर्शनी गरेको छ।



कम्पनीले कार्ल्सवर्ग र जेसी ज्याकोब्सेन परिवारको १८औं शताब्दीदेखि अहिलेसम्मको फोटो दस्तावेजीकरण गरेर पाटन संग्राहलयमा प्रदर्शनी गरेको हो।बियर ब्रुइङ इतिहास, खोज लगायतका विषय समेटिएको फोटो प्रदर्शनीमा राखिएको कम्पनीले जनाएको छ।ज्याकोब्सेनले पिएच स्केल र शुद्ध इष्ट लगायतका वैज्ञानिक खोज गरेका थिए।
 
 ईष्ट बिग्रिएर सम्पूर्ण बु्रइङ्ग उद्योग नै प्रभावित भएको समयमा ज्याकोब्सेन विश्वभरी नै उनको शुद्ध ईष्ट बनाउने खुबीलाई बाँडेका थिए। गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देश सुरेन्द्र सिल्वालले भने, हामी हाम्रो १७०औं वार्षिकोत्सव आफ्नो पुरानो दिनको खुशी मनाउन र भविष्यलाई स्वागत गर्नको लागि प्रयोग गर्न चाहन्छौं । काल्र्सवर्गले सन् १८४७ देखि आज र भोलिका दिनलाई अझ राम्रो बनाउनका लागि ब्रुर्इङ गर्दै आएको छ । अझ राम्रो बियरहरुद्वारा अझ राम्रो आज बनाउन र विज्ञानमा लगानी तथा स्थिरताद्वारा अझ राम्रो बनाउन लागेका छौं।
 
 
 

Share this Story

   

कार्ल्सवर्गको १ सय ७०औ वार्षिकोत्सवमा फोटो प्रदर्शनी, ब्रुइङको इतिहास बुझ्ने अवसर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.