अमलेखगंज-रक्सौंल पाइपलाइनको निर्माण जनवरीबाट, डिसेम्बरसम्म पाइपलाइनको सामाग्री आइपुग्ने




वीरगंज।बहुप्रतिक्षित अमलेखगंज- रक्सौल पेट्रोलियम पाइपलाइनको निर्माण जनवरीबाट सुरु हुने भएको छ।



नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जनवरीभित्र पाइपलाइन निर्माण थाल्ने लक्ष्यसहित काम अघि बढाइएको बताए।उनका अनुसार डिसेम्बरभित्र भारतबाट पाइपलाइनका लागि आवश्यक पाइप आउन सुरु गर्नेछ।पाइपलाइन निर्माण सुरु भएको ३६ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ।
 
पाइप राख्नका लागि निगमले वीरगंज चिनी कारखानाको जग्गा भाडामा लिइसकेको छ।आपूर्ति सचिव कृष्णप्रसाद देवकोटाको नेतृत्वको टोलीले पाइपलाइन निर्माणस्थलको निरीक्षण समेत गरेको छ।टोलीमा आयल निगमका प्रबन्ध निर्देशक सुशील भट्टराई र निर्देशक गोइत तथा भारतीय आयल निगम (पाइपलाइन) निर्देशक अनिश अग्रवालको नेतृत्वको भारतीय टोलीमा सोही विभागका प्रमोद नारङ र भारतीय आयल निगमका महाप्रबन्धक एसएस बोस सहभागी छन्।

प्रवक्ता गोइतलेअमलेखगञ्जदेखि रक्सौलसम्मको निरीक्षण क्रममा संयुक्त टोलीले त्यस क्षेत्रमा भइरहेको सडक विस्तार पाइपलाइन बिछ्याउन सहज हुने भए पनि कतिपय स्थानमा घरटहरा र विद्युत् खम्बा तथा ट्रान्सफर्मर हटाउनुपर्ने निष्कर्ष निकालेको बताए ।उनले भने, “पाइपलाइन जाने बाटो सबै निश्चित भइसकेको छ, मुख्य कुरा सडकको किनार भएर पाइपलाइन जाने भएकाले जमीनको खासै समस्या छैन, अन्य समस्याका बारेमा स्थानीय प्रशासनसँग छलफल गरी शीघ्र काम अघि बढाउनेछौँ ।” 
 
तीनदिने भ्रमणका लागि नेपाल आएको भारतीय टोलीले आएकै दिन नेपाल आयल निगमका उच्च अधिकारीसँग काठमाडौँमा सो परियोजनाका विविध पक्षका बारेमा छलफल गरिसकेको छ । अमलेखगञ्जदेखि रक्सौलसम्मको ३८ किमी लम्बाइ पाइपलाइन बिछ्याउन बोलपत्र हुनाका साथै आगामी डिसेम्बरसम्म सम्पूर्ण आवश्यक सामग्री आइसक्ने उनले बताए।

परियोजनाको लागत रु चार अर्ब २० करोड रहेको प्रवक्ता गोइतले जानकारी दिए। सो परियोजना भारतको मोतीहारीसम्म विस्तार गर्ने भारत पक्षको तयारी छ । यसको कुल लम्बाइ ७२ किमी छ । भारतले हालको रक्सौल डिपोलाई मोतीहारीमा विस्थापन गर्ने काम अघि बढाइसकेको छ । राससको सहयोगमा
 
 

Share this Story

   

अमलेखगंज-रक्सौंल पाइपलाइनको निर्माण जनवरीबाट, डिसेम्बरसम्म पाइपलाइनको सामाग्री आइपुग्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.