एपेक सम्मेलनमा संबोधन गर्दै ट्रम्पले गरे चीनको प्रशंशा, ‘चीनले बजारीकरणमा सुधार ल्यायो'




भियतनाम।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भियतनाममा भएको एक कार्यक्रममा एसिया–प्रशान्त क्षेत्रमा केही दशक यता भएको आर्थिक प्रगतिलाई ‘चामत्कारिक’ सफलता बताएका छन्।



“एसिया–प्रशान्त क्षेत्रको अर्थतन्त्र पहिलेपनि मजबुत हो र अझै उदीयमान रहेको छ,” उनले भने।एसिया–प्रशान्त क्षेत्रका मुलुकहरूले आजका दिनमा गरेको आर्थिक सुधार चामत्कारिक सफलता हो, राष्ट्रपति ट्रम्पले मध्य भियतनामका दा नाङ शहरमा भएको एसिया–प्रशान्त आर्थिक सहायता (एपेक) को उच्च अधिकारीहरूको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले यो धारणा राखेका हुन्।

सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले गरेको आर्थिक सफलताको प्रसंशा गर्दै भने, “चीनले विगत केही दशकमा बजारीकरणमा निकै सुधार ल्याएको छ जसका कारण तीब्र आर्थिक प्रगतिको अनुभव र रोजगारका अवसरलाई फैलाउन सफलता मिलेको छ । ”अमेरिकाको एसिया–प्रशान्त क्षेत्रका मुलुकसँगको भूमिकाका बारेमा भने, “हामीले यस क्षेत्रका राष्ट्रमाथि बोलवाला सिर्जना गर्ने कल्पना नगरेको तर मित्रता चाहेका हौँ ।”
 
अमेरिकी राष्ट्रपतिले विश्व वैंक र एसियाली विकास वैँकले उच्च गुणस्तरको आधारभूत संरचनाको निर्माणमा लगानी गर्दै यस क्षेत्रको आर्थिक विकासलाई प्रोत्साहन गर्नुपर्ने र यसमा अमेरिकाकातर्फबाट सम्भावित सहयोग रहने बताए।उनले राष्ट्रिय सुरक्षाका लागि आर्थिक सुरक्षा महत्वपूर्ण रहेकोमा जोड दिँदै भने, “विश्वले सामना गरिरहेको सुरक्षा, सार्वभौमसत्ता र स्थिरताका लागि अहिले ठूलो चुनौति रहेको छ र विश्व सुरक्षाको चासोका विषयमा सवैको प्रयास जरुरी छ ।” 
 
ट्रम्पले अमेरिकाले यस क्षेत्रका मुलुकसँग नयाँ सम्बन्ध स्थापना गर्न चाहेको र यसको उद्देश्य अमेरिकाको यस क्षेत्रका मुलुकसँगको व्यापारिक सम्बन्धलाई ‘पारस्पारिक न्याय’का आधारमा मजबुत बनाउने रहेको बताए।शुक्रबार समाप्त भएको एपेक प्रमुखहरूको सम्मेलनमा विश्वका करिब दुई हजार व्यवसायीले प्रतिनिधित्व गरेका र सम्मेलन क्षेत्रीय आर्थिक विकासका लागि भएको बताइएको छ। 
 

Share this Story

   

एपेक सम्मेलनमा संबोधन गर्दै ट्रम्पले गरे चीनको प्रशंशा, ‘चीनले बजारीकरणमा सुधार ल्यायो' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.