रुस्लान वेभ रक टुर लिएर देश दौडाहमा एल्वाट्रोस, तपाईका यी शहरमा हुनेछ भव्य प्रस्तुति

बिजमाण्डू
२०७४ कात्तिक २५ गते १६:०३ | Nov 11, 2017
रुस्लान वेभ रक टुर लिएर देश दौडाहमा एल्वाट्रोस, तपाईका यी शहरमा हुनेछ भव्य प्रस्तुति

काठमाडाैं ।  चर्चित रक व्याण्ड एल्वाट्रोस रुस्लान वेभ रक टुर लिएर देश दौडाहमा निस्किएको छ । पहिलो कार्यक्रम नोभेम्वर ११ मा धरानको पब्लिक ग्राउण्डमा हुनेछ। त्यसैगरी नोभेम्वर १३ मा यो व्याण्डले क्याम्पाचौर चितवनमा प्रस्तुति दिनेछ । त्यसैगरी नोभेम्वर १४ मा एन्फा स्टेडिएम ब’टवल, नोभेम्वर १६ मा प्रर्दशनी केन्द्र पोखरा हुदै व्याण्डले नोभेम्वर १९ मा बनेपा बसपार्क बनेपामा प्रस्तुति दिनेछ। 
 
युवाहरु माझ निकै लोकप्रिय एल्वाट्रोस समूहले दिने प्रस्त’ति करिब २ घण्टा सम्म चल्ने छ।  प्रस्तुतिमा ब्याण्डले नयाँ तथा पुरानो गीतहरु प्रस्तुत गर्नेछ । ब्याण्डका भोकलिष्ट शिरिष डली यस कार्यक्रम प्रति निकै आशावादी छन्। याे कार्यक्रमले नेपालमा रक संगीत विकास र विस्तारमा नयाँ आयाम थपिनेमा विस्वस्त छन् । 
यो देश दौडाहलाई रुस्लान भोडकाले प्रायोजन गरेको छ।
 

Tata
GBIME
Nepal Life