काठमाडौं। अर्थ मन्त्रालयले आवेदन खुला गरेको कर्मचारी सञ्चय कोषको प्रशासकका लागि ६ जनाको आवेदन परेको छ। अर्थ मन्त्रालयले १५ दिनको समय दिँदै कात्तिक २३ गतेसम्म आवेदन बुझाउन आह्वान गरेको थियो।
आवेदन दिने अन्तिम मिति शुक्रबारसम्म कोषका कामु प्रशासक दिपक रौनियारसहित ६ जना छन्। राजेन्द्र काफ्ले, जितेन्द्र धिताल, जीवनकुमार कटुवाल, लक्ष्मीप्रसाल श्रेष्ठ र सिआर पन्तले आवेदन दिएका छन्।
कोषको प्रशासक हुन सरकारको राजपत्राङ्कित प्रथम श्रेणी वा बैंक तथा वित्तीय संस्थालगायतका संगठित संस्थामा काम गरेको हुन जरुरी छ। अर्थशास्त्र, व्यवस्थापनलगायतका बिषयमा स्नातकोत्तर हुनु पर्छ।