सरकारले बुढी गण्डकी गेजुवाबाट खोस्यो, संसदीय समितिको आदेश मानेको सरकारको भनाइ

बिजमाण्डू
२०७४ कात्तिक २७ गते ११:०४ | Nov 13, 2017

Tata
GBIME
Nepal Life

काठमाडौं । सरकारले जलायश युक्त जलविद्युत आयोजना बुढी गण्डकीको लाइसेन्स चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड (सिजिजिसी) बाट खोसेको छ। सोमबार बिहान बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको उपप्रधान एवं उर्जामन्त्री कमल थापाले ट्विट गर्दै जानकारी दिएका छन्। 

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री भएका बेला सरकारले मन्त्री परिषद्बाट निर्णय गर्दै १२ सय मेगावाटको उक्त आयोजना गेजुवालाई निर्माण जिम्मा दिएको थियो। बिना टेन्डर निजी एवं विश्व बैंकको कालो सूचीमा समेत परेको कम्पनीलाई राष्ट्रिय गौरवको आयोजना दिएको भन्दै सरकारी निर्णयको चर्को बिरोध भएको थियो।
 

बाहिर तिब्र बिरोध भए पनि प्रमुख विपक्षि एमाले भने यसमा मौन बसेको थियो। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा नै यो आयोजना गेजुवालाई दिन खोजिएको कारण विपक्षीले बिरोध गरेको थियो। ओली प्रधानमन्त्रीको रुपमा चिन भ्रमणमा जाँदा गेजुवाको बेइजिङ अफिस समेत भ्रमण गरेका थिए। 
गोरखा र धादिङको सिमानामा बन्ने आयोजनाको लागि सरकारले मुआब्जा वितरण सुरु गरेको छ। यो आयोजना निर्माण भएपछि हिउँदको लोडसेडिङ व्यवस्थापन दिर्घकालिन रुपले सहज हुने जलविद्युत क्षेत्रका जानकारहरु बताउँछन्। यो आयोजनाको लागत साढे दुई खर्ब रुपैयाँ भन्दा धेरै रहेको रहेको छ।

एकलौटी रुपमा चिनियाँ कम्पनीलाई यो आयोजना दिएपछि संसदको अर्थ र जलस्रोत समितिले सरकारलाई खारेज गर्न निर्देशन दिएका थिए। जेगुवाबाट यो आयोजनाको लाइसेन्स खोस्न माग गर्दै सर्बोच्च अदालतमा मुद्दा समेत परेको छ। 
 
आयोजना निर्माणका लागि केपी ओली नेतृत्वको सरकारले प्रति लिटर पेट्रोलमा पाँच रुपैयाँ पुर्वाधार कर लिन थालेको थियो। तर, आफ्नै निर्णय बिरुद्ध अप्रत्याशित रुपले ओलीले यो आयोजना चिनियाँलाई दिन जोडबल गरेका थिए। 
 
प्रचण्ड सरकारका गृहमन्त्री बिमलेन्द्र निधीले मन्त्रीपरिषद्मा छलफलमै रहेको आयोजना हतार हतार प्रधानमन्त्रीले चिनियाँ कम्पनीलाई दिएको केही दिन अघि पहिलोपोष्टसँग बताएका थिए।