अनिल शाह मेगा र सेञ्चुरी बैंक एकै पटक हाँकिरहेका छन्? डेपुटी गभर्नरको संवोधनले सबैलाई हँसायो

बिजमाण्डू
२०७४ कात्तिक २९ गते १३:१० | Nov 15, 2017
अनिल शाह मेगा र सेञ्चुरी बैंक एकै पटक हाँकिरहेका छन्? डेपुटी गभर्नरको संवोधनले सबैलाई हँसायो


काठमाडौं। कार्यक्रम थियो- सेञ्चुरी बैंकको 'मल्टिपल करेन्सी कार्ड' सार्बजनिक गर्ने। 
 
प्रमुख अतिथिका रुपमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ पुगिसकेका थिए। साधारणतया प्रमुख अतिथि पुगेपछि कार्यक्रम शुरु भइहाल्छ। तर त्यहाँ अर्को एक जना अतिथिको पनि प्रतिक्षा भइरहेको थियो, त्यसैले कार्यक्रम शुरु गरिएन।

Tata
GBIME
Nepal Life

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ अतिथिहरुसँग कुरा गर्दै अन्नपुर्ण होटलको कुमारी हलबाट बाहिर चिहाइरहेका थिए। 

 
एकछिनपछि ती अतिथि आइपुगे। आगामी पुस १७ गतेबाट कार्यभार सम्हाल्ने गरी सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भइसकेका अनिल शाहलाई बैंकका अध्यक्षलगायतले पर्खिएका थिए।
 
औपचारिक रुपमा अनिल शाह अहिले पनि मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत हुन्। मेगा छँदै उनी सेञ्चुरी बैंकको सिइओ नियुक्त भइसकेका छन्। आफ्नो नयाँ सिइओलाई समेत राखेर बैंकले मल्टि करेन्सी कार्डको उद्घाटन गरेको हो।
 
शाह त्यहाँ 'हुन लागेको' सिइओको हैसियतमा नभइ बैंकर्स संघको अध्यक्षका रुपमा पुगेका थिए। बैंकले पनि कार्यक्रम अबधि भर उनलाई आगामी सिइओका रुपमा चिनाए। बैंकका कामु सिइओ जीवन भट्टराईले शाहलाई बैकर्स संघका अध्यक्षकै रुपमा संवोधन गरे भने अध्यक्ष श्रेष्ठले पनि त्यही रुपमा संवोधन गरेका थिए।
 
तर शाहलाई 'मान' भने आगामी सिइओकै रुपमा दिइएको थियो। कामु प्रमुख कार्यकारी अधिकृत भट्टराईलाई स्वागत भाषण गर्न लगाइए पनि मञ्चमा आसनग्रहण गराइएन। शाह भने मञ्चमा उपस्थित भएर भाषण पनि गर्न भ्याए। 
 
बैंकले आगामी प्रमुख कार्यकारीका रुपमा नचिनाए पनि डेपुटी गभर्नर शिवराज श्रेष्ठले आफ्नो भाषणमा शाहलाई 'वेटिङ सिइओ' भनेर संवोधन गरे। शाहलाई वेटिङ सिइओ भनिएपछि कार्यक्रममा उपस्थित बैंकका कर्मचारी 'गललल' हाँसे।