३/४ महिनामै स्मार्टफोनमा टिभी हेर्ने सुविधा दिन्छौँ, डिसहोमका सिइओ आचार्यको अन्तर्वार्ता




आठ बर्ष अघि मुलुकमा 'डाइरेक्ट टु होम (डिटिएच)' सेवा भित्र्याएर गाउँ गाउँसम्मका सर्वसाधारणको घरमा विश्वका चर्चित टेलिभिजन च्यानलहरु पुर्याएको डिसहोमले ग्रामिण भेगका टिभी हेर्ने नयाँ लहर नै ल्यायो। शहरी इलाकामा भने बजार बिस्तारका लागि अहिले पनि कम्पनीको मेहनत जारी छ। यिनै सन्दर्भमा डिस होममा प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्यलाई बिजमाण्डूका प्रभात भट्टराईले सोधे : 

डिसहोमको एउटा लगानीकर्ता कम्पनीले मध्यपुर्वमा पनि लगानी गरेको छ। त्यहाँका २२ देशमा उनीहरुले डिटिएच सेवा दिन्छन्। त्यहाँको लागि कन्टेन्ट लिन उनीहरुले जति पैसा तिर्छन् नि हामीले तिर्ने रकम त्योसँग तुलनामा गर्दा पाँच प्रतिशत हाराहारी मात्र हुन आउँछ। त्यति महङ्गो छ कन्टेन्ट। तर, हामीलाई कन्टेन्टको शुल्क बढि तिर्नु पनि छैन र क्लिन फिड पनि चाहिने भन्ने त हुँदैन। 
---
ग्रामिण भेगमा तपाईँहरुको 'पेनिट्रेसन' जति तिब्र भयो शहरमा त्यती हुन सकेन हो?
किनभने हामी जानुअघि गाउँमा त कोही पनि थिएन। हामी नै पुगेर त्यहाँ टिभी हेर्ने माध्यम बन्यौँ। शहरी क्षेत्रमा पनि पछिल्ला एक/डेढ बर्ष यता हामीले धेरै बलियो उपस्थिती जनाइसकेका छौँ। शहरमा पछिल्लो समय हाम्रा सेवाग्राही बढ्नुमा मुख्य कारण डिजिटाइजेसननै हो। सरकारले गत बैशाख १५ लाई महानगर एवं उपमहानगर पालिकाका केवल टिभीलाई एनालगबाट डिजिटलमा जाने म्याद दिएको थियो। त्यसबेला नै एउटा  'ग्रोथ प्याटर्न' देखिइसकेको थियो। अर्को त अरु प्रतिश्पर्धिको तुलनामा हाम्रो सेवा धेरै फरक छ। भिजुअल गुणस्तरदेखि च्यानल गुणस्तरसम्म हामीले नेतृत्व गरेर हिँडिरहेका छौँ। त्यसैले हामीले सोचेअनुरुप केही सुस्त भए पनि अहिले विस्तारले गति लिएको छ।
 
नेपालीको बानी परिवर्तन गर्न चाहिँ गाह्रो है?, गुणस्तरभन्दा पनि टेलीभिजन हेर्न पाएकै छ त भनेर एउटै केवल लाइन ५/६ वटा टिभीमासम्म जोड्ने र जस्तै झिरझिर आए पनि तेइ हेर्ने, होइन?
चलिरहेको जे छ नि त्योबाट परिवर्तन हुन हरेक व्यक्तिलाई समय लाग्छ। यो हाम्रो मात्र समस्या होइन। यो नबदलिने त होइन। तर, समय लाग्छ। विस्तारै त जरुर बदलिन्छ नि। यसमा समय लाग्छ भन्नेमा हामीलाई सुरुमै थाहा थियो। हामी आएको आठ बर्ष हुन लाग्यो। अहिले पनि बदल्न प्रयासरत छौँ र त्यसमा उपलब्धि पनि हाँसिल हुँदैछ। 
 
यो आठ बर्षको अवधिमा तपाईँहरुले नयाँ प्रविधि ल्याउनु भएको छ, नयाँ सुविधा दिनु भएको छ, यसले नै उपभोक्तालाई तान्नु पर्ने हो तर सुधारका लागि सरकारी हस्तक्षेपकारी नीति नै अपरिहार्य भएको हो?
यसलाई म बिडम्बना भन्न चाहन्न। यो मान्छेको स्वभाव नै हो। त्यसैले यसमा सरकारले जे गर्नु पर्ने हो त्यही गरेको छ। यसमा डिजिटलमा जाने बाटो त हामीले खोल्यौँ। सरकार त चुप नै लागेको थियो। हामीले आएर आफु डिजिटलमा जान लागेको बतायौँ। त्यही अनुरुप अनुमति लिएर सेवा दिन थाल्यौँ। हामी धेरै अगाडि बढिसकेपछि सरकारले बल्ल एनालग प्रणालीका केवल टेलिभिजनलाई डिजिटलमा लैजाने निर्णय गर्यो। यसका फाइदा बारे हामीले धेरै पटक सरकालाई झकझकाएका हौँ। यी सबै कुरा बुझेर नै होला सरकारले एनालग केवल टिभीको लाइन काट्ने कार्यक्रम नै थालनी गरेको छ।

यो गर्दा सरकारलाई फाइदा छ, ग्राहकलाई फाइदा छ। समग्रमा सबैलाई फाइदा छ। कसैले चोरी गर्न पाइन भनेर त हुँदैन नि। हामीले पनि सरकारले कर/रोयल्टी बुझाउनु पर्छ। अरु कसैले पनि सरकालाई दिन्छु भनेर जनतासँग पैसा उठाउँछ भने उसले सरकारी खातामा त पुर्याइदिनु पर्यो नि। हाम्रो चासो त्यति नै हो। 
 
तर, अहिले पनि कैयन् उपभोक्ताले भारतीय डिटिएच जोडिरहेका छन्। तपाईँको सेवा महङ्गो र भारतीय सस्तो हुँदा यस्तो भएको हो?
यसलाई दुई किसिमले हेर्नु पर्छ। भारतबाट आउने एउटा प्रशारणको नाम फ्रि टु एयर (एफटिए) छ। त्यो प्रशारण अत्यन्त सस्तो छ र त्यसमा प्राय सबै च्यानल धेरै बिज्ञापन आउने खालका छन्। त्यसमा एउटा २ घण्टाको फिल्म सम्पन्न हुन ५/६ घण्टा लाग्छ। त्यो गैरकानुनी डिटिएचलाई रोक्ने काम सरकारको नै हो। यो धेरै चाहिँ सीमा नजिकको तराई क्षेत्रमा छ्याछ्याप्ति देखिन्छ। अर्को चाहिँ भारतका चर्चित डिटिएचहरु नेपालका कतिपय पहाडी शहरी इलाकामा समेत देखिएको छ। त्यो पनि ल्याउन केही कठिन छैन। एउटा सेटअप बक्स भारतबाट ल्याए पुग्छ। छाता त कतिले हाम्रै समेत राखिदिएका रहेछन्। यसको पनि नियमन सरकारले नै गर्ने हो। यसमा सुरुमा त बक्सा किन्दाको पैसा गयो। त्यसपछि पनि हरेक महिनाको शुल्क उतै जान्छ। राजश्व पनि उतै जान्छ। अनुगमन पनि हुँदैन।

राष्ट्रिय सुरक्षामा हानी पुग्ने सामग्री प्रशारण भयो भने पनि कारबाही हुन सक्दैन। त्यसैले यसलाई बन्द गर्नै पर्छ। त्यो अधिकार हामीसँग छैन। हामीले त राज्यलाई सुनाउने मात्र हो। यी डिटिएच सस्तो भएका कारण नेपालीले हेरेका होइनन्। कतिपयले उनीहरुका च्यानल प्याकेजका कारण लिएका हुन्छन्। हामीले त नेपाल र नेपालीलाई ध्यान दिएर प्याकेज बनाएका हुन्छौँ। बंगाली या तमिल प्याकेज त हामीसँग छैनन्। त्यस्ता प्याकेज मन पर्नेले ति डिटिएच लिएका हुन सक्छन्। अर्को कारण चाहिँ पहिला सुरुमा राखिहाले, अब त्यो हटाउ भन्ने कोही नभएपछि किन झिक्नु र भन्ने मनोविज्ञानले काम गर्यो। अन्यथा भारतीय डिटिएचमा आउने प्रिमियम च्यानल र हाम्रो प्रिमियम च्यानलमा केही कमी छैन। हामीकहाँ थप नेपाली च्यानल समेत छन्। मूल्यका दृष्टिले पनि हामी सस्तो छौँ। 

हामी जानुअघि गाउँमा त कोही पनि थिएन। हामी नै पुगेर त्यहाँ टिभी हेर्ने माध्यम बन्यौँ। शहरी क्षेत्रमा पनि पछिल्ला एक/डेढ बर्ष यता हामीले धेरै बलियो उपस्थिती जनाइसकेका छौँ। शहरमा पछिल्लो समय हाम्रा सेवाग्राही बढ्नुमा मुख्य कारण डिजिटाइजेसननै हो। 
---
तपाईँहरुको ग्रामिण उपस्थिती राम्रो छ। नेपालका धेरै जसो पहाडी गाउँमा छिन छिनमा कुहिरो लाग्छ, त्यससँगै तपाईँहरुको नेटवर्क गुणस्तर खस्किन्छ। त्यसको केही समाधान छैन?
हुस्सु या कुहिरो लाग्दा नेटवर्क जाने समस्या त छँदै छैन। अलिक ठूलो पानी पर्यो भने चाहिँ केही बेर 'रि-कनेक्ट' हुन समय लाग्छ। हाम्रो सर्भरको 'अप टाइम' हेर्नु हुन्छ ९९ प्रतिशत माथि छ। हाम्रो प्रशारणमा कहिल्यै पनि रोकावट आउँदैन। बरु ग्राहकले आफ्नो घरमा छाता राम्रोसँग मिलाइदिनु भएन भने, जडान राम्रोसँग भएन भने, छाता अलिक तातो हुन्छ भनेर लुगा सुकाइदिने लगायतका स-साना हेलचेक्राँइले चाहिँ असर गरिरहेको हुन सक्छ। तर, हाम्रो नेटवर्कको कुनै समस्या छैन। सबैभन्दा बेष्ट हाम्रो हो। प्रतिश्पर्धामा रहेका अरु कम्पनीको प्रशारण नै जान सक्छ। लोडसेडिङ हुँदा पनि सेवा बन्द हुन्थ्यो। अहिले पनि बाटोबाट टाँगेको तार काटिन सक्छ। एक पटक सेवा अवरुद्ध भएमा हप्ता/दुई हप्तासम्म नेटवर्क जान्छ। हाम्रोमा पानी झरीकै कारण रि-कनेक्ट हुँदा पनि अधिकतम समय लाग्ने भनेको २ मिनेट हो।
 
पुर्ण डिजिटलमा गइसकेपछि त तपाईँहरुको बजार झन् चम्किने भयो, केवल जोडेका उपभोक्ताले सेटबक्स जोड्नु पर्ने भएपछि त डिसहोम नै सजिलो मान्लान्?
होइन प्रतिश्पर्धा त छ र हुन्छ पनि। हामी एक्लै छैनौँ। किनभने यो बिजनेशको 'नेचर' पनि प्रतिश्पर्धामुखी नै हो। तर, यसमा एउटा यथार्थ के छ भने हामीले ग्राहकलाई सबैभन्दा धेरै सुविधा दिन सक्छौँ। जस्तो हामीले अहिले पेपर भ्यु भनेर सुरुवात गरेका छौँ। जसमा नयाँ नयाँ नेपाली फिल्म हलसँगै रिलिज गरिदिन्छौँ। परिवारनै बसेर हलभन्दा कम शुल्कमा नेपाली फिल्म हेर्न सक्नु हुन्छ। अब हामी हलिउड, बलिउड फिल्ममा पनि यस्तो स्किम ल्याउने योजनामा छौँ। साथै रमाइलो टिभी भनेर छुट्टै च्यानल चलाएका छौँ। हामीले यस्ता हरेक सुविधालाई लगानीको हिसाबले हेरेका छौँ। 
 
हिजो एनालगका कारण तपाईँहरुलाई शहरी क्षेत्रमा ग्राहक बनाउन तुलनात्मक रुपमा कम 'स्पेस' थियो। डिजिटलमा जानु परेपछि त सबैले अब शुन्यबाट सुरु गर्नु पर्यो। त्यो बेला केवलका ग्राहक डिस होममा आउने संभावना पनि बढी भयो?
त्यसैले त हामी ग्राहकलाई थप सुविधा दिने बारे हरक्षण सोचिरहेका छौँ। अबको ३/४ महिना भित्रै 'ओभर द टप (ओटिटी)' सेवा दिने योजनामा छौँ। जसमा शहरका ग्राहकले हाम्रा च्यानलहरु स्मार्टफोन, ट्याबलेट लगायत मल्टी स्क्रिनमा हेर्न सक्ने सुविधा दिन लागेका छौँ। नयाँ हिन्दी र अंग्रेजी फिल्म हेर्न दिने भन्ने त भइहाल्यो। त्यस बाहेक पनि नयाँ नयाँ कन्टेन्ट पस्किँदै जाने हाम्रो जमर्को छ। 
 
अहिले सरकारले एनालग केवल टिभीको तार काट्न थालेको छ। त्यसैले केवल चलाइरहनु भएका ग्राहकका लागि डिसहोम जोड्ने यो उपयुक्त समय हो। हाम्रो सेवा जडान गर्न मुलुकका सबैस्थानमा प्राविधिकहरु तयारी अवस्था हुनुहुन्छ। एनालगबाट डिजिटलमा जाँदा एक तह 'स्विच' गरेर एकै पटक ताररहित डिटिएचमा जानु भयो भने ग्राहकलाई फेरि यस्तो झन्झट कहिल्यै आइपुग्दैन। सेवाका दृष्टिले हामीसँग तीन दर्जन एचडी च्यानल नै छन्। मासिक साढे तीन सय रुपैयाँदेखि प्याकेज सुरु हुन्छ। ग्राहकले एकै पटक सात हजार रुपैयाँमाथि रिचार्ज गर्दा २० प्रतिशत बोनस पाउनु हुन्छ। 

हामी धेरै अगाडि बढिसकेपछि सरकारले बल्ल एनालग प्रणालीका केवल टेलिभिजनलाई डिजिटलमा लैजाने निर्णय गर्यो। यसका फाइदा बारे हामीले धेरै पटक सरकालाई झकझकाएका हौँ। यी सबै कुरा बुझेर नै होला सरकारले एनालग केवल टिभीको लाइन काट्ने कार्यक्रम नै थालनी गरेको छ। यो गर्दा सरकारलाई फाइदा छ, ग्राहकलाई फाइदा छ। समग्रमा सबैलाई फाइदा छ। कसैले चोरी गर्न पाइन भनेर त हुँदैन नि। 
---
एनालग प्रणाली हटाएसँगै अब तपाईँहरुलाई प्रतिश्पर्धामा गाह्रो देखिँदैन। जबसम्म इन्टरनेट टिभी ब्यापक नहुन्जेल तपाईँहरुलाई प्रतिश्पर्धाको त्यति ठूलो चुनौती नहोला हैन?
त्यसमा पनि मैले भनि हालेँ नि। जस्तो ओटिटी सेवा। यो एक किसिमले इन्टरनेट टिभिकै अवधारणा अन्तर्गत पर्छ। त्यसैले ग्राहकलाई डिसहोमबाट पाउने सुविधा सिमित हुँदैनन्। थप हुँदै जान्छन्। हाम्रो योजना नै नयाँ नयाँ वैकल्पिक सेवा दिँदै जाने हो। हामीलाई अरुसँग भन्दा धेरै आफैँसँग प्रतिश्पर्धा गर्नुछ ताकि नयाँ र विशिष्ट सेवा आफ्ना ग्राहकलाई दिइरहन सकियोस्। डिसहोम लिएका ग्राहकले कहिल्यै पनि अर्को पो एड्भान्स आयो भनेर सेवा प्रदायक बदल्नु पर्ने दिन आउने छैन।
 
सरकारले केही महिनाअघि क्लिन फिड लागु गर्ने भन्यो र अन्तिम समयमा ब्याक भयो। वास्तवमा त्यसमा हुनुपर्ने के हो?
हामी त एउटा माध्यम मात्र हौँ। भेहिकल हौँ। त्यसमा को बस्न पाउने/नपाउने भनेर नियमन गर्ने निकायले पहिला त राम्रोसँग गृहकार्य गर्नु पर्यो। हाम्रो इतिहास हेर्नु पर्यो। समग्र समाजको गति बुझ्नु पर्यो। हामी एउटा स्टेक होल्डर हौँ, केलव टिभी प्रदायक पनि लामो समयदेखि हुनुहुन्छ। त्यस्तै आनको पनि स्टेक छ। यस्तोमा सबैसँग परामर्श गरि बृहत्तर लाभ हुने नीति लिनु पर्छ। व्यवहारीक ढंगले सोच्नु पर्छ। अहिले आइरहेका विदेशी च्यानल त हामी पैसा तिरेर ल्याइरहेका छौँ। त्यसरी विदेश जाने पैसा रोक्न सकियो भने त राम्रो हो। तर, त्यसको व्यवहारिक संभावना हेर्नु पर्यो नि। विदेशी च्यानल नै बन्द गरेर हामी उत्तर कोरिया त बन्न लागेका होइनौँ। 
 
बिज्ञापन बिना बिदेशी च्यानल आउनु पर्छ, यो संसार भरि छ भन्ने तर्क त्यसबेला गरियो। जुन सत्य थिएन। पुरै हास्यास्पद थियो। त्यसमा मैले भनेको थिएँ- 'बिदेशी च्यानलमा नेपाली बिज्ञापन आउन हुने कि नहुने?' त्यो गर्दा नेपालका स्थानीय च्यानल मर्छन् भन्ने तर्क आयो। फेरि त्यो स्थानीय च्यानलले भनेको चाहिँ होइन, आनले नै थियो। उहाँहरु स्थानीय च्यानल मर्छन् भन्नेमा चाहिँ चिन्तित देखिनु भयो तर ती च्यानल उपभोक्ताको घर घर पुर्याइदिने माध्य त हामी हौँ। हामी नै मर्यौँ भने चाहिँ के गर्ने त भन्दा उहाँहरुको जवाफ थिएन।

भारतबाट आउने एउटा प्रशारणको नाम फ्रि टु एयर (एफटिए) छ। त्यो प्रशारण अत्यन्त सस्तो छ र त्यसमा प्राय सबै च्यानल धेरै बिज्ञापन आउने खालका छन्। त्यसमा एउटा २ घण्टाको फिल्म सम्पन्न हुन ५/६ घण्टा लाग्छ। त्यो गैरकानुनी डिटिएचलाई रोक्ने काम सरकारको नै हो। यो धेरै चाहिँ सीमा नजिकको तराई क्षेत्रमा छ्याछ्याप्ति देखिन्छ। अर्को चाहिँ भारतका चर्चित डिटिएचहरु नेपालका कतिपय पहाडी शहरी इलाकामा समेत देखिएको छ। त्यो पनि ल्याउन केही कठिन छैन। एउटा सेटअप बक्स भारतबाट ल्याए पुग्छ। 
---
मैले अर्को पनि बिकल्प राखेको थिएँ- 'विदेशी च्यानलमा हामीले यहिँबाट फिड क्लिन गरेर बिज्ञापन रहित प्रशारण गर्छौँ।' तर, त्यसोभन्दा पनि मूल नै क्लिन हुनुपर्छ भन्ने तर्क आयो। अनि च्यानल प्रदायकहरुले हामीले नेपालका लागि भनेर छुट्टै कार्यक्रम बनाएका छैनौँ, अहिले नेपालमा च्यानल दिन जति रकम लिएका छौँ त्यसले पुग्दैन भन्ने जवाफ दिए। डिसहोमको एउटा लगानीकर्ता कम्पनीले मध्यपुर्वमा पनि लगानी गरेको छ। त्यहाँका २२ देशमा उनीहरुले डिटिएच सेवा दिन्छन्। त्यहाँको लागि कन्टेन्ट लिन उनीहरुले जति पैसा तिर्छन् नि हामीले तिर्ने रकम त्योसँग तुलनामा गर्दा पाँच प्रतिशत हाराहारी मात्र हुन आउँछ। त्यति महङ्गो छ कन्टेन्ट।

तर, हामीलाई कन्टेन्टको शुल्क बढि तिर्नु पनि छैन र क्लिन फिड पनि चाहिने भन्ने त हुँदैन। होइन क्लिन फिडनै चाहिन्छ शुल्क जति सुकै लागोस् भन्ने हो भने त फेरि ग्राहकहरु भोली गैरकानुनी विदेशी डिटिएचतर्फ आकर्षित हुन थाल्छन्। त्यसैले सम्बन्धित निकायमले अहिले यो इस्यु राम्रैसँग बुझिसक्नु भएको छ। अहिलेको सरकारको पहिलो प्राथमिकता डिजिटाइजेसन नै हुनुपर्छ। त्यसपछि पो नियमन गर्न पनि सहज हुन्छ। अनि क्लिन फिड/फिड क्लिन जे लागु गरे पनि उपयुक्त हुन्छ।  


Share this Story

   

३/४ महिनामै स्मार्टफोनमा टिभी हेर्ने सुविधा दिन्छौँ, डिसहोमका सिइओ आचार्यको अन्तर्वार्ता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.