नेपाल विद्युत प्राधिकरणमा ४५० लाई जागिरको अवसर, निर्देशकदेखि प्राविधिकसम्मको माग

बिजमाण्डू
२०७४ मंसिर १ गते १०:०४ | Nov 17, 2017
नेपाल विद्युत प्राधिकरणमा ४५० लाई जागिरको अवसर, निर्देशकदेखि प्राविधिकसम्मको माग

काठमाडौं। नेपाल विद्युत प्राधिकारणले एकै पटक चारसय ४९ जना कमर्चारी माग गरेको छ। प्राधिकारणले रिक्त रहेको अधिकृत स्तरदेखि सहायक स्तरका पदहरुमा विभिन्न क्षेत्रका कार्यालयहरुमा कर्मचारी माग गरेको हो। प्राधिकरणले विराटनगर, जनकपुर, हेटौडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र अत्तरिया क्षेत्रकालागि कर्मचारी माग गरेको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणले अधिकृत स्तरमा सातौं तहदेखि १० औं तहसम्मकालागि ८० जना कर्मचारी माग गरेको छ। प्राधिकरणले ८,९ र १० तहको लागि स्नातकोत्तर सहित कार्य अनुभव भएको कर्मचारी माग गरेको छ भने सातौं तहकालागि समूह अनुसारको शैक्षिक योग्यता तोकेको छ।

त्यस्तै सहायक स्तरमा तेस्रो तहदेखि पाँचौ तहसम्मका कर्मचारी माग गरेको छ। जसमा पाँचौ तहको लागि मिटर रिडिङ सुपरभार्इजरमा  २० जना, लेखापालमा ११ जना, प्रविधिक सुपरभाइजरमा ३० जना, मेकानिकल सुपरभाइजरमा ४ जना र सिभिल तर्फका प्रविधिकमा छ जना माग गरेको छ।

प्राधिकरणले चौथो तहको लागि सिनियर मिटर रिडर ५२ जना, लेखापाल सहायक ४५ जना, र्इलेक्ट्रकल प्राविधिक तर्फका फोरमेन ८८ जना र सिभिल तर्फको प्राविधिक फोरमेन एक जना माग गरेको छ। चौथो तहको लागि प्राविधिक तथा प्रशासनमा सम्वन्धित विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनु पर्ने छ।  

त्यस्तै प्रधिकरणले तेस्रो तहका मिटर रिडर ३२ जना, र्इलेक्ट्रिसियन ७९ जना र जुनियर मिस्त्री एक जना माग गरेको छ। तेस्रो तहकालागि प्रशासन गर्फ एसएलसी अथवा प्राविधिक विषयमा १० कक्षा पास गरको हुनु पर्छ।

परीक्षाको आवेद दिने अन्तिम मिति पुष २ गतेसुम्म रहेको छ भने दोव्वर दस्तुर तिरेर पुष ९ गतेसम्म पनि आवेदन दिन सकिनेछ।