होटल र्याडिसनले यसरी स्वागत गर्यो क्रिसमस, दश फोटोमा टेरेस गार्डेनको केक मिक्सिङ सेरेमोनी

बिजमाण्डू
२०७४ मंसिर १ गते १३:३९ | Nov 17, 2017
होटल र्याडिसनले यसरी स्वागत गर्यो क्रिसमस, दश फोटोमा टेरेस गार्डेनको केक मिक्सिङ सेरेमोनी

काठमाडौं। तारे होटल र्याडीसनले  केक मिक्सिङ सेरोमोनीका साथ  कृसमसलाई स्वागत गरेको छ। र्याडीसनको टेरेस गार्डेनमा सेफ समुह लगायत कर्मचारी गरी झण्डै २५ जनाको सहकार्यमा केक मिक्सिङ गरिएको हो।

Tata
GBIME
Nepal Life

केक बनाउनका लागि विभीन्न रङका चेरी, सिनामोन पाउडर, ड्राइफ्रुट र रम, भोड्का, ब्राण्डी लगायतका पेय पदार्थ मिसाइने गरिएको एक्जिक्युटीभ सेफ उत्पल कुमार मोन्डलले बताए।

उनका अनुसार ६५ केजी ड्राइ फ्रुट, १८ लिटर पेय पदार्थ लगायतका इन्ग्रेडियन्टस् समावेस गरिएको प्लम केक तयार हुँदा डेढ सय किलोको हुनेछ।
कृसमसको दिनमा प्लम केक तयार गर्नकालागि करिव डेढ महिना अघि देखि नै आवश्यक मिश्रण तयार गरी  कन्टेनरमा राख्नुपर्ने उनले बताए।

'कृसमसकै लागि भनेर नेपालका विभिन्न तारे होटलमा प्लम केक तयार गरिन्छ तर स्वदेशी तथा विदेशी ग्राहकले प्लम केकको वास्तविक स्वाद र्याडीसनमै पाउनुहुनेछ' मोन्डलले भने।

केक मिक्सिङ सेरेमोनी हाम्रो मौलिक संस्कृति नभएपनि होटलका विदेशी पाहुना तथा पर्यटकलार्इ क्रिसमसको झल्को दिनका लागि  आयोजना गर्ने गरेको एक्जिक्युटीभ जेनरल मेनेजर सेक्रेटरी आकांक्षा दाहालले बताइन्।

र्याडीसनले आफ्नो स्थापना कालदेखि नै केक मिक्सिङ सेरेमोनी गर्दै आएको विक्री तथा वजार निर्देशक राजन श्रेष्ठले जानकारी दिए।
उनले भने 'कृसमस सुरु हुनु अगाडी विदेशीले घरघरमा केक मिक्सिङ सेरेमोनी गर्छन्, सबै धर्म र चाडको सम्मान गर्दै हामीले पनि  यो सेरेमोनीलार्इ निरन्तरता दिँदै आएका छौँ।'