सुनको मुल्य एकै दिन पाँच सय रुपैयाँले बढ्यो, एक तोलाको भाउ ५६ हजार ४०० रुपैयाँ

बिजमाण्डू
२०७४ मंसिर ३ गते १५:२२ | Nov 19, 2017
काठमाडौं । सुनको मुल्य एकै दिन ५०० रुपैयाँ बढेको छ। आइतबार छापावाल सुनको मूल्य प्रतितोला ५६ हजार ४०० रुपैयाँ पुगेको हो।
 
शनिबारको मूल्य ५५ हजार नौ सय रुपैयाँ प्रति तोला रहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य प्रति तोला ५६ हजर १०० रुपैयाँ पुगेको छ। 
 
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ। आइतबारको लागि प्रति तोला चाँदीको मूल्य ७७५ रुपैयाँ कायम गरिएको हो।     
    
             
 

Tata
GBIME
Nepal Life