फोर्ड इको स्पोर्टको नयाँ भर्सन सार्वजनिक, अटोमेटिक ट्रासमिसन र फ्लोटिङ टचस्क्रिन विशेषता

बिजमाण्डू
२०७४ मंसिर ३ गते १७:०३ | Nov 19, 2017
फोर्ड इको स्पोर्टको नयाँ भर्सन सार्वजनिक, अटोमेटिक ट्रासमिसन र फ्लोटिङ टचस्क्रिन विशेषता

काठमाडौं। फोर्ड गाडीको अधिकृत विक्रेता जि.ओ अटोमोवाइल्सले नयाँ फोर्ड इको स्पोर्ट सार्वजनिक गरेको छ। नयाँ फोर्ड इको स्पोर्टमा १६ सयभन्दा बढी नयाँ पुर्जा र शक्तिशाली इन्जिन भएको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

'नयाँ फोर्ड इकोस्पोर्ट फन, स्टाइल र टेक्नोलोजी हो' फोर्डका प्रेसिडेन्ट र प्रवन्धक निर्देशक अनुराग मल्होत्राले बताए। नयाँ इकोस्पोर्टमा समावेश गरिएको इन्जिन पहिलाको इको स्पोर्टको तुलनामा सानो र हलुका रहेको उनले जानकारी दिए। उनका अनुसार इकोस्पोर्ट पेट्रोलमा १.५ लिटर टीआइ-भिसीटी तीन सिलीण्डरयुक्त इन्जिन राखिएको छ र यसले १ सय २३ पिएस पावरको  शक्ति प्रदान गर्दछ।

डुअल फ्रन्ट एयरव्याग र एबीएस समावेश गरिएको नयाँ इको स्पोर्टमा चालकको लागि अटोमेटिक ट्रासमिसन र आठ इन्चको फ्लोटिङ टच स्क्रिन जस्ता विशेष सुविधा राखिएको  कम्पनीले जनाएको छ।

उक्त गाडीको पेट्रोल इन्जिनमा म्यानुअल ट्रान्समिसन जडान गरिएको छ भने डिजल गाडीमा १सय पीएस शक्ति र तेइस एमएल एफिसियन्सी दिने फाइभ स्पिड म्यानुअल ट्रान्समिसन र १.५ एल टिडिसिआइ डिजल राखिएको छ।

एसयुभीमा भएको एप्पल कार प्ले र एन्ड्रोइड अटो कम्प्याटिबलले चालकलाई फोन गर्न, मेसेज आदनप्रदान गर्न, बाटोको दिशा हेर्न सजिलो हुने कम्पनीले बताएको छ। विश्वभर प्रख्यात फोर्ड एसयुभीमा एलइडी डेटाइम रनिङ लाइट र प्रोजेक्टर हेडल्याम्प राखिएको छ।

यसका लागि कम्पनीले १० लाख घण्टा भन्दा बढी समय कम्प्युटरको अनुसन्धान र २ सय घण्टा भन्दा बढी एरोडाइनामीकको अध्ययन गरेको बताइएको छ।  

कम्पनीका अनुसार फोर्ड बनावट र दृश्यमा मात्र सिमित नभइ पूर्णरुपमा आरामदायी र शक्तिशाली भएकोमा कम्पनीले विश्वास ब्यक्त गरेको छ।
नयाँ फोर्ड इकोस्पोर्ट लाइटनिङ ब्लु, क्यान्योन रिड्ज, रेस रेड, डायमण्ड ब्हाइट, एब्सोल्युट ब्ल्याक, मुन डस्ट सिल्भर र स्मोक ग्रे लगायतका सात रंगमा उपलब्ध भएको कम्पनीले जनाएको छ।