काठमाडौं। हिम इलेक्ट्रोनिक्सले राइस कुकरका सातवटा नयाँ मोडल बजारमा ल्याएको छ । राइस कुकरका मोडलहरु १ लिटरदेखि २.८ लिटरसम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
हिमस्टार राइस कुकरहरु सफा गर्न सजिलो भएको तथा अटोमेटिक कुकिङ्ग फङ्सन रहेकोले यसले उर्जाको बचत गर्ने बताइएको छ।
यी राइस कुकरको डिलक्स २.२ लिटरमा स्टीम गर्ने सुविधा र टफ ग्लास समेत राखिएको छ ।
हिमस्टारका सात मोडलका राइस कुकरहरु न्यूनतम मूल्य रु. १७ सय ७० देखि रु. ३ हजार रुपैयाँ सम्ममा उपलब्ध हुने कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।
हिम इलेक्ट्रोनिक्सले उत्पादनदेखि बिक्रीपछिको सेवा समेत दिने जनाएको छ।