दश वटा नयाँ जीवन बीमा कम्पनी थपिएपछि पूराना कम्पनीले ल्याए कडा शर्त, क्षतिपूर्ति तिर्नुपर्ने

बिजमाण्डू
२०७४ मंसिर ४ गते १६:१७ | Nov 20, 2017
दश वटा नयाँ जीवन बीमा कम्पनी थपिएपछि पूराना कम्पनीले ल्याए कडा शर्त,  क्षतिपूर्ति तिर्नुपर्ने

काठमाडौं।नयाँ जीवन बीमा कम्पनीमा आफ्ना कर्मचारी जानलार्इ रोक्न पूराना कम्पनीले कडा शर्त राख्न थालेका छन्।

Tata
GBIME
Nepal Life

पूराना जीवन बीमा कम्पनीले आफ्ना कर्मचारी रोक्न न्यूनतम दुर्इ महिनाको तलब फिर्तादेखि दशैं बोनशसम्म फिर्ता गर्नुपर्ने कडा शर्त राखेका छन्।यही शर्तका कारण नयाँ बीमा कम्पनीले आकर्षक तलबसुविधा दिएपनि पूराना कम्पनीबाट कर्मचारी ‘स्विच’ हुन सकेका छैनन्।नयाँ बीमा कम्पनी थपिएपछि बीमा बजारमा जनशक्तिको अभाव छ।जनशक्तिको अभाव भएकै कारण पूराना कम्पनीले कडा शर्त राखेका हुन्।

लाइफ इन्योरेन्स कर्पोरेसनले कम्पनी छाडेमा दुर्इ महिना सम्मको तलब दिनुपर्ने प्रावधान राखेको छ।‘कुनै पनि कर्मचारी अर्को कम्पनीमा जाँदा दुर्इ महिना बराबरको तलब फिर्ता गर्नुपर्ने प्रावधान छ’कम्पनीका एक कर्मचारीले भने भने।प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले राजीनामा दिएपछि तीन महिनासम्मको तलब ‘पेनाल्टी’को रुपमा दिनुपर्ने प्रावधान छ।कम्पनीका एक कर्मचारीका अनुसार तह हेरेर तलब काट्ने प्रावधान छ।

 सूर्या लाइफ इन्स्योरेन्स र नेशलन लाइफ इन्स्योरेन्सले भने अर्को कम्पनीमा जान कुनै बन्देज नलगाएको दाबी गर्छ। सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कर्मचारीको वृत्ति विकासमा कुनै बन्देज लगाउन नहुने बताउँदै कम्पनीले कुनै शर्त नराखेको बताए।

बीमा समितिका उपनिर्देशक राजुरमण पौडेलले बीमा नयाँ कम्पनीमा जान कम्पनीले शर्त राखेको जानकारी आएपनि औपचारिक रुपमा कुनै उजुरी नपरेको बताउँछन्।‘कम्पनीको कर्मचारी विनियमावलीभित्र रहेर काम गरेकोलार्इ अन्यथा मान्न सकिदैन’उनले भने,तर कम्पनीले अनावश्यक शर्त राखेर कर्मचारीलार्इ रोक्न मिल्दैन।‘

‘बीमा समितिमा पनि पहिरो’
कर्मचारी व्यवस्थापन गर्न बीमा कम्पनी मात्रै होइन नियामक निकाय बीमा समितिलार्इ पनि हम्मेहम्मे पर्न थालेको छ।

नयाँ बीमा कम्पनी आएपछि समितिबाट कर्मचारी छाड्ने क्रम बढेको छ।आकर्षक तलब र सुविधाका कारण नियामक निकायनै छाडेर निजी कम्पनी जाने क्रम बढेको हो।समितिका उपनिर्देशक रहेका राजकुमार अर्यालनै सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा गएका छन्।

समितिमा उनी कानुनका विज्ञका थिए।उनले दुर्इ महिनाअघि राजीनामा दिएका हुन्।समितिकै चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसार्इले पनि राजीनामा दिएका छन्।उनी नेपाल लाइफ इन्स्योरेन्समा गएका छन्।समितिकै लक्ष्मण ज्ञवालीले पनि राजीनामा दिएर प्राइम लाइफ इन्स्योरेन्स गएका छन्।