युनिलिभरका प्रवन्ध निर्देशक चौहानले दिए राजिनामा, मंगलबारबाटनै छोडे काम

बिजमाण्डू
२०७४ मंसिर ६ गते १५:०४ | Nov 22, 2017
युनिलिभरका प्रवन्ध निर्देशक चौहानले दिए राजिनामा, मंगलबारबाटनै छोडे काम


काठमाडौं । युनिलिभर नेपालका प्रवन्ध निर्देशक सुयस चौधरीले राजिनामा दिएका छन्। चौधरीले मंगलबारबाट लागु हुने गरि राजिनामा दिएको कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई जनाएको हो।
 
१५ महिना अघि श्रीकान्त श्रीनिवास माधवनको उत्तराधिकारीको रुपमा उनी नेपाल आएका थिए। त्यस अघि उनी हिन्दुस्थान युनिलिभरमा कष्टुमर मार्केटिङ विभागको महाप्रवन्धक थिए। उनले सन् २००३ मा हिन्दुस्थान युनिलिभर 'जोइन' गरेका थिए।
 
युनिलिभर नेपालमा हिन्दुस्तान युनिलिभर लिमिटेडको ८० प्रतिशत सेयर स्वामित्व छ। कम्पनीमा रविभक्त श्रेष्ठको कम्पनी शिवविक्रम ल्याण्ड एण्ड आइसक्रिमको ४६ हजार कित्ता सेयर छ भने सर्वसाधरणको एक लाख ३८ हजार कित्ता सेयर छ।
 
कम्पनीको प्रवन्ध निर्देशक हिन्दुस्थान युनिलिभरले नै चयन गरेर पठाउने गरेको छ। नेपालको शेयर बजारमा युनिलिभर सबैभन्दा महङ्गो र धेरै लाभांश खुवाउने कम्पनीको रुपमा चिनिन्छ।
 

Tata
GBIME
Nepal Life