टाटाको एसयुभी सेग्मेन्टको हेक्जा नेपाली बजारमा, ७८ लाख रुपैयाँको गाडीमा यस्ता छन् विशेषता

बिजमाण्डू
२०७४ मंसिर ६ गते १६:३२ | Nov 22, 2017
टाटाको एसयुभी सेग्मेन्टको हेक्जा नेपाली बजारमा, ७८ लाख रुपैयाँको गाडीमा यस्ता छन् विशेषता

काठमाडौं। टाटाको एसयुभी सेग्मेन्टको हेक्जा गाडी नेपालमा बिक्री सुरु भएको छ।

Tata
GBIME
Nepal Life

टाटा मोटर्सका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध निर्देशक गुन्टक वुशेकले हेक्जा गाडी किन्ने एघार जनालार्इ साँचो हस्तान्तरण गरे।यो गाडीको मूल्य ७७ लाख ९५ हजार रुपैयाँ रहेको छ।वुशेकले टाटा मोटर्सले ग्राहकलार्इ विशिष्ट तथा गतिशिल उत्पादन दिने बताए।

“हामीले टाटा मोटर्सको तर्पmबाट जहिले पनि अग्रणी रुपमाआफ्नो ग्राहकहरुलाई विशिष्ट तथागतिशीलप्रोडक्टको अनुभवदिलाईरहेका छौं र हाम्रो त्यो प्रतिबद्घता टाटा हेक्साले मजबुतपारेको छ,उनले भने, हामीले नेपालको ग्राहकहरुलाई बढी ढाँचावान, आफ्नो जीवनको सोख अनुसारको गाडी होस भन्ने चाहना छ भन्ने कुरा बुझेका छौं र हेक्साले त्यहीअनुरुपग्राहकको बढ्दो चाहना पूरा गर्ने महत्वपूर्ण पहल गरेको छ ।यो गाडी २२ सय सीसीको भेरिकर डिजल इन्जिन हो।यो गाडी ६ गेयर भएको म्यानुअल ट्रान्समिसनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार गाडीमा सेन्ट्रल कन्सोलमा राम्ररी जडान गरिएको रोटरी नबले यसको सुपर ड्राइभ मोडलाई संचालन गर्नेछ । सुपर ड्राइभ मोडले चालकहरुलाई आनन्दसँग अटो, कम्फर्ट, डाईनामिक र रफ रोड मध्ये जुनसुकै मोडमा परिवर्तन गरेर बाटो र आफ्नो मुड अनुसार गाडी चलाउन सक्ने कम्पनीले जनायो।

गाडीमा ईन्जिन व्यवस्थापन, नयाँ जेनेरेशनको ईलेक्ट्रिक स्ट्याबिलिटी प्रोग्राम र टर्क अन डिमान्ड विशेषताहरु छन्। प्रयोगकर्ताको आफ्नो प्राथमिकता अनुसार गाडीको आन्तरिक लाईटिङ उपकरणको डिस्प्लेबाट मिलाउन सक्ने कम्पनीले जनायो।गाडीमा प्रोजेक्टर हेड ल्याम्प, १९ ईन्चको अलोए ह्विल, लिड टेल ल्याम्प, ६ वटा एअर ब्याग्स, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिलहोल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक हेड ल्याम्प्स र १० वटा स्पिकर सहितको जेबीएल अडियो सिस्टम जडान गरिएको कम्पनीले जनायो।