चितवनमा बढी कर तिर्ने दुर्इ वटा फर्म सम्मानित, नारायणी सामुदायिक र विजय लघुवित्त भए सम्मानित

बिजमाण्डू
२०७४ मंसिर ७ गते १२:५९ | Nov 23, 2017

चितवन। चितवन र नवलपरासीमा धेरै आयकर तिर्ने दुर्इवटा फर्म सम्मानित भएका छन्।

Tata
GBIME
Nepal Life

छैठौ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय भरतपुरले दुर्इ बढी कर तिर्ने दुर्इवटा फर्मलार्इ सम्मान गरेको हो।चितवनको भरतपुरमा रहेको नारायणी सामुदायिक हस्पिटल र नवलपरासीको गैडाकोटमा रहेको विजय लघुवित्त संस्थालार्इ सम्मान गरिएको हो।दुबै सेवा क्षेत्रका कम्पनीले बढी कर तिरेका छन्।

आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख थानप्रसाद पंगेनीले नारायणी सामुदायिक हस्पिटलका उपाध्यक्ष चुडामणि खनाल र विजय लघुवित्तका सिइओ वसन्त लम्साललार्इ सम्मानपत्र हस्तान्तरण गरे।सो अवसरमा कार्यालयका उत्कृष्ट कर्मचारी नायब सुब्बा भुवन खतिवडालार्इ समेत सम्मान गरियो।

कार्यालय प्रमुख पंगेनीले नीतिगत समस्यालार्इ सुधार गर्दै कर प्रणालीलार्इ सहज बनाइने प्रतिवद्धता जनाए।उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले निजी क्षेत्रले कर संकलनमा सहयोगीको भूमिका खेल्ने बताए।कार्यालयले चितवन र नवलपुर क्षेत्र हेर्दै आएको छ । हाल कार्यालयको मातहतमा ७२ हजार करदाता रहेका छन् । चालु आर्थिक वर्षमा कार्यालयले १९ अर्ब ७४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । कार्तिक मसान्त सम्ममा ६ अर्ब ५८ करोड ८ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका कर अधिकृत डिल्लीराम पौडेलले बताए।