नोटबन्दीपछि चेक प्रयोगमा प्रतिबन्धको तयारीमा भारत! मिडिया लेख्छन्- धेरै गढवढ हुन्छ

बिजमाण्डू
२०७४ मंसिर ७ गते १४:४३ | Nov 23, 2017
नोटबन्दीपछि चेक प्रयोगमा प्रतिबन्धको तयारीमा भारत! मिडिया लेख्छन्- धेरै गढवढ हुन्छ
काठमाडौं। भारतमा प्रधानमन्त्रीले भारु ५०० र १००० दरका नोट बन्दी गरेको भर्खर एक बर्ष वित्तैछ। नोटबन्दीका बेला धेरैले अनेक दुख खेपे। अहिले फेरि एउटा सन्सनीपूर्ण फैलिएको हल्लाले आजजीवन चिन्तित देखिएको छ।


 
भारतीय मिडियाका अनुसार, रुपैयाँ पैसाको कारोबार गर्ने चेकको प्रयोग गर्न प्रतिबन्ध लगाउने योजनासहित वित्त मन्त्रालयले प्रस्ताव तयार पारिएको छ भन्ने हल्लाले जनजीवन चिन्तित भएको छ।
 
सरकार डिजिटल लेनदेनलाई प्रोत्साहित गर्नका लागि चेक प्रयोगमा प्रतिबन्ध लगाउने योजनामा रहेको समाचार मिडियाहरुमा आइरहेको फर्स्टपोस्टले छापेको छ। मिडियाका अनुसार सरकारले साँच्चै नै चेक प्रयोगमा प्रतिबन्ध लगाएमा जिएसटी र नोटबन्दीभन्दा ठूलो अप्ठेरो झेल्नु पर्ने अवस्था आउने मिडियाको विश्लेषण छ।

Tata
GBIME
Nepal Life