नयाँ नेपाल लघुबित्तको २१% लाभांस, २०% बोनस शेयर, साढे दुई सय प्रतिशत हकप्रद शेयर पनि

बिजमाण्डू
२०७४ मंसिर ८ गते ११:२९ | Nov 24, 2017
काठमाडौँ। नयाँ नेपाल लघुबित्त बिकास बैकले गत बर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांस घोषणा गरेको छ। 
 
कम्पनीको सञ्चालक समितिले लाभांससहित हकप्रद शेयर निस्कासनको समेत प्रस्ताव गरेको छ। कम्पनीले घोषणा गरेको लाभांस राष्ट्र बैक र साधारणसभाबाट पारित भएपछि कायम हुने चुक्ता पूँजीमा हकप्रद वितरण गरिने छ। कम्पनीले एक शेयर बराबर २.५ को अनुपातमा हकप्रद सेयर दिने छ। 
कम्पनीको चुक्ता पूँजी दुई करोड छ। बोनस शेयर बितरणपछि कम्पनीको चुक्ता पूँजी दुई करोड ४० लाख पुग्ने छ। हकप्रद निष्कासनपछि चुक्ता पूँजी आठ करोड ४० लाख पुग्ने छ। 

Tata
GBIME
Nepal Life