शेयर बजार ओरालो लागेपछि ब्रोकर कम्पनीमा पनि छैन गुलजार, दैनिक १० जना पनि लगानीकर्ता आउँदैनन्

बिजमाण्डू
२०७४ मंसिर ९ गते ११:३८ | Nov 25, 2017
काठमाडौं। दैनिक खचाखच रहने शेयर ब्रोकर कार्यालय सुनसान देखिन थालेका छन्।बजार बढेका बेला खुट्टा राख्ने ठाउँ नहुने ब्रोकर कार्यालय अहिले सुनसान छ।

Tata
GBIME
Nepal Life

पुतलीसडकमा रहेको श्वेता सेक्युरिटिजकी अध्यक्ष सुचिता खनालले अहिले शेयर कारोबार सुरु हुने बेलामा १० जना पनि नहुने बताउँछिन्।‘कारोबार बढेको बेलामा दुर्इ सय जनाको हाराहारीमा लगानीकर्ता आउँथे।अहिले दुर्इ दर्जन पुर्याउन पनि मुस्किल छ’उनले भनिन्।खनालका अनुसार दशैतिहारपछि लगानीकर्ता आउने क्रम घटेको हो।सबैजसो ब्रोकर कम्पनीको हालत यस्तै छ।निर्वाचन र ब्याजदरका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको उनले बतार्इन्।

विहिवार शनि सेक्युरिटीको कार्यालयमा पनि लगानीकर्ता न्यून थिए।कुनै समय कारोबार हेर्न आउने लगानीकर्ता हलमा नअटाएर अर्को हलमा डिस्प्ले थपेको यो कम्पनी सुनसान छ।कम्पनीका रहेका लगानीकर्ताको मूड पनि निराश देखिन्थ्यो।कम्पनीका कर्मचारी डिआर पौडेलका अनुसार दशैतिहार अघि दैनिक दुर्इ करोडको कारोबार हुने गरेकोमा अहिले घटेर पचास लाखमा झरेको छ।उनले निर्वाचनमा लगानीकर्ता गएकोले कारोबार घटेको बताउँदै ठूला लगानीकर्ता समेत बजारमा नआएको बताए।
 

मिडास सेक्युरिटिजमा नियमित कारोबार गर्दै आएका लोकेन्द्र रिजालले बजार सुनसान रहेको बताए।‘बजार धेरै सुस्त छ, खासै ठुलो मार्जिनमा कारोबार भएको छैन,उनले भने। नेपाल इन्भेष्टर फोरमका सदस्य तुलसीराम ढकालका अनुसार अहिलेको समय शेयर लगानी कर्तालार्इ उपयुक्त अवसर हो।‘राम्रा कम्पनीका शेयर पनि सस्तोमा किन्न पाइन्छ ।

लगानी गर्न चाहनले राम्रो प्रतिफल दिने कम्पनी किन्न सक्छ,उनले भने।उनले बजारको स्थायित्वका लागि नयाँ लगानीकर्ता भित्रिनुपर्ने बताउँछन्।‘नयाँ लगानीकर्ता नभित्रिएसम्म बजार स्थायित्व हुँदैन।यो नयाँ लगानीकर्ता प्रवेशका लागि उपयुक्त अवसर पनि हो’ढकालले भने,बजार घटेको बेलामा राम्रो प्रतिफल दिने कम्पनीको शेयर किन्नु उपयुक्त हुन्छ।‘