०१२३४५६, १२३४५६ नम्बरबाट फोन आए नउठाउनुस, नेपाल टेलिकमले यो नम्बर नउठाउन किन पठायो म्यासेज?

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ मंसिर १० गते १३:५० | Nov 26, 2017
०१२३४५६, १२३४५६ नम्बरबाट फोन आए नउठाउनुस, नेपाल टेलिकमले यो नम्बर नउठाउन किन पठायो म्यासेज?

काठमाडौं।नेपाल टेलिकमले आधा घण्टा अगाडि एउटा म्यासेज पठाउँदै भन्यो-०१२३४५६, १२३४५६ जस्ता अपरिचित नम्बरबाट आउने कल नउठाउनु हुन अनुरोध छ।

Tata
GBIME
Nepal Life

टेलिकमले आफ्ना नेटवर्कभित्र रहेका ग्राहकलार्इ १२ बजेर ५४ मिनेटमा यो म्यासेज पठाएको थियो।टेलिकमले यस्तो म्यासेज किन पठायो? विगत दुर्इ महिनादेखि विभिन्न मोबाइल प्रयोगकर्तालार्इ यो नम्बरबाट फोन गरेर ठग्ने गरेको भेटिएपछि टेलिकमले यो म्यासेज पठाएर सचेत बनाएको हो।टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले अपरिचत नम्बरबाट मोबाइल प्रयोगकर्तालार्इ चिठ्ठा परेको भन्दै ठगेको पाइएपछि ग्राहकलार्इ सचेत बनाउन म्यासेज गरिएको बतार्इन्।

त्यो नम्बरबाट फोन गरेर चिठ्ठा परेको भन्दै बैंकमार्फत पैसा पठाउन लगाउने गरेको उनले बतार्इन्।दुर्इ महिना अघिदेखि त्यस्ता गिरोहले ठगेको पाइएपछि नेपाल दूरसंचार प्राधिकरणले टेलिकमलार्इ जानकारी दिएको थियो।

'कहिले काँही कन्ट्रीकोडबाट कल आउनु स्वभाविकै हो, सकेसम्म बाहिरबाट आउने गरेको ‘अननोन कल रिसिभ’ नगर्नुनै राम्रो हो' वैद्यले भनिन्,यो कलबाट धम्की दिने काम समेत भएको पाइएको छ।‘ टेलिकमले अपरिचत नम्बरबाट फोन आएमा ग्राहकले १८८मा उजुरी समेत दर्ता गर्न सक्ने उनले बतार्इन्।