ओटो फ्रयान्क ड्युअल मोबाइल फोन बजारमा, १० हजार भन्दा कम मूल्यको फोनमा फिंगर सेन्सर पनि

बिजमाण्डू
२०७४ मंसिर १० गते १७:२१ | Nov 26, 2017
ओटो फ्रयान्क ड्युअल मोबाइल फोन बजारमा, १० हजार भन्दा कम मूल्यको फोनमा फिंगर सेन्सर पनि

काठमाडौं।ओटोले फ्रयान्क सिरिजको ओटो फ्रयान्क ड्युअल बजारमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

फ्रयान्क सिरिजको यो दोस्रो स्मार्टफोन हो।कम्पनीले ओटो मार्क सिरिज अन्तर्गत ओटोमार्क र ओटोमार्क २ बजारमा ल्याइसकेको छ।यो मोबाइल फूल मेटल बडी,२५ डी कर्भस्क्रिन र पछाडी भागमा सोनीको आइम्याक्स लेन्सको दुर्इवटा क्यामरा छ।

मोबाइलमा फिंगर प्रिन्ट सेन्सरका कारण १० हजार भन्दा कमको फोनमा उत्कृष्ट फोन हुने कम्पनीको दाबी छ।यो मोबाइलको मूल्य ९ हजार ९ सय ९६ रुपैयाँ तोकिएको छ।कम्पनीका अनुसार यो फोनको स्क्रिन बलियो भएकाले सामान्य हातबाट झर्दा पनि स्क्रिन फुट्ने सम्भावना कम हुन्छ।