प्रिमियम स्मार्टफोन नोकिया- ८ बजारमा, ६३ हजार रुपैयाँ पर्ने यो मोबाइलमा यस्ता छन् विशेषता

बिजमाण्डू
२०७४ मंसिर ११ गते १०:३६ | Nov 27, 2017
प्रिमियम स्मार्टफोन नोकिया- ८ बजारमा, ६३ हजार रुपैयाँ पर्ने यो मोबाइलमा यस्ता छन् विशेषता

काठमाडौं। विश्व प्रसिद्ध मोवाइल कम्पनी नोकियाकोे नोकिया -८ नेपाली बजारमा आएको छ ।

यो हाई पर्फमेन्स भएको नोकियाको पहिलो नयाँ जेनेरेसन स्मार्टफोन हो ।मोबाइलमा जेसिस्–अप्टिक्स र ओजो स्पाटिया ३६० डिग्री अडियो छन् ।

Tata
GBIME
Nepal Life

एडभान्स आल्मुनियम युनिबडी डिजाईन भएको यो मोबाइलमा लाईभ स्ट्रीमिङ्ग को लागि डुयल साईट मोड र स्प्लिट स्क्रिन भ्युजल पनि राखिएको छ । मोबाइलमा शक्तिशाली क्यु.एच्.डि डिस्प्ले पनि राखिएको छ । गुगलद्धारा भर्खरै निकालिएको पछिल्लो  एण्ड्रोइड ८.० ओरियोकोे संस्करण पहिला यही मोबाइललार्इ उपलब्ध गराएको हो।

मोबाइलमा यो स्प्लास रेसिटेन्ट एन्ड्रोईड ७.१.१ स्मार्टफोनमा दुईवटा नेभिगेसन बटन को बीचमा फिङ्गरप्वाइन्ट स्क्यानर पनि रहेको छ । यसको क्विक चार्ज ३.० ब्याट्रीले फोन छिट्टै चार्ज हुने र दिनभरी नै धेरै फोन कल गर्न सकिन्छ। फोनमा १.८ क्वालकम स्नापड्रागन ८३५ चिपसेटले फोनको पावर निकै राम्रोसँग सन्तुलित गर्छ । यो मोबाइलमा ४जिबि ¥याम, ६४जिबि स्ट्रोरेज पनि रहेको छ जुन २५६ जिबि सम्म बिस्तार गर्न सकिन्छ ।

मोबाइलमा १३ एमपी फ्रन्ट क्यामेराका साथै १३ एमपी डबल लेन्स पनि राखिएको छ । यो आकर्षक सेटअपमा एउटा लेन्स आरजीबि (रङ्गिन)मा छ भने अर्को मोनोक्रोम (श्यामस्वेत) सुटरमा छ ।

मोबाइलमा रहेको एउटा क्यामेराले कलर खिच्छ भने अर्कोले ब्लाक एण्ड ह्वाइट । मोबाइलमा डबल सिम स्लट पनि रहेको छ जसले थ्रीजी, फोरजी,जीएसएम सीडिएमएलार्इ सहयोग गर्छ।यो मोबाइलको मूल्य ६२ हजार ९ सय ९९ सय रुपैयाँ तोकिएको छ।