नेपाली बजारमा भित्रियो भिभो ब्राण्डको मोबाइल, फेस एक्सिस प्रविधिबाट फोन अनलक गर्न मिल

बिजमाण्डू
२०७४ मंसिर ११ गते १६:३४ | Nov 27, 2017
नेपाली बजारमा भित्रियो भिभो ब्राण्डको मोबाइल, फेस एक्सिस प्रविधिबाट फोन अनलक गर्न मिल

काठमाडौं।नेपाली बजारमा नयाँ ब्राण्डको मोबाइल थपिएको छ। भिभो ब्राण्डको मोबाइल फोन नेपाली बजारमा आएको हो।

Tata
GBIME
Nepal Life

सेल्फि मोबाइल भि सेभेन नेपाली बजारमा आएको हो। यो मोबाइल भिभोको भि श्रेणीको नयाँ उत्पादन भएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार मोबाइलमा २४ मेगापिक्सेल क्यामरा छ। यो मोबाइलले क्रिस्टल क्लिएर सेल्फि दिने कम्पनीले जनायो । मोबाइलमा  फेस ब्यूटि ७.० फिचरले डिएसएलआर क्यामराले जस्तै कम उज्यालो भएको वातावरणमा पनि सेल्फिलाई चहकिलो बनाउने कम्पनीको दाबी छ।

यो मोबाइलमा ६४ विट क्वालकम अक्टाकोर सिपियु र ४ जिवि र्याम छ। फिंगर प्रिन्ट सेन्सरबाहेक यो मोबाइलमा फेस एक्सीस प्रविधिले फोन अनलक गर्ने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार तुरुन्तै सय भन्दा भन्दा बढी भिन्न अनुहारहरुको पहिचानविन्दु पत्ता लगाउँछ।