राष्ट्र बैंकले प्रस्ताव गर्यो विद्युतीय भुक्तानीको प्रावधान: मोबाइल बैंकिङ सीमा १० हजार

बिजमाण्डू
२०७४ मंसिर १४ गते १५:१० | Nov 30, 2017
राष्ट्र बैंकले प्रस्ताव गर्यो विद्युतीय भुक्तानीको प्रावधान: मोबाइल बैंकिङ सीमा १० हजार
काठमाडौं। मोबाइल बैंकिङ प्रयोग गरिरहनु भएको छ भने अब बढिमा १० हजार रुपैयाँभन्दा बढिको कारोबार गर्न पाइने छैन। राष्ट्र बैंकले बिहीबार विद्युतीय खातामा रकम जम्मा र खर्च गर्ने सीमा सम्बन्धि निर्देशन जारि गर्नुअघि सुझावका लागि बनाएको मस्यौदामा एक पटकमा ५ हजार र दिनभरीमा १० हजार रुपैयाँसम्म मात्र मोबाइल बैकिङ कारोबार गर्न सकिने प्रस्ताव गरेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले सुझावका लागि १५ दिनको समय मागेको छ। आएका सुझाव उपयुक्त लागे राष्ट्र बैंकले प्रस्तावित मस्यौदामा हेरफेर गरेर निर्देशन जारि गर्ने जनाएको छ।

 

मासिक ५० हजारसम्म कारोबार गर्न पाइने प्रस्तावित निर्देशनमा उल्लेख छ। इन्टरनेट बैंकिङबाट दैनिक एक लाखसम्मको कारोबार गर्न पाइने छ। तर यसको मासिक सीमा ५ लाख रुपैयाँ तोकिएको छ।

 
इन्टरनेट बैंकिङको माध्यमबाट बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गर्दा एक पटकमा अधिकतम एक लाख रुपैयाँ र मासिक रुपमा १० लाख रुपैयाँ मात्र गर्न सकिन्छ।
 
भुक्तानी सेवा प्रदायकबाट सञ्चालित इवालेट वा डिजिटल वालेट सेवाको माध्यमबाट पनि रकम राख्ने बारे मस्यौदामा उल्लेख गरिएको छ। यस्ता वालेट सञ्चालन गर्ने संस्थाको एजेन्ट वा सवएजेन्टमार्फत वालेटमा एक पटकमा पाँच हजार रुपैयाँ नगद जम्मा गर्न सकिन्छ। दैनिक अधिकतम १५ हजार रुपैयाँ मात्र जम्मा गर्न सकिन्छ। मासिक रुपमा यसको सीमा २५ हजार रुपैयाँ तोकिकएको छ। भक्तानीका लागि पनि यही सीमा छ। 
 
यद्यपी सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नु पर्ने कर, राजश्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क तस्ता शुल्कहरु बिलमा भएको रकम बराबर भुक्तानी गर्न मिल्छ। यो ब्यवस्था नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक संस्थाहरु, खानेपानी सेवा, शिक्षण संस्था, अस्पतालमा पनि विल अनुसारको रकम भुक्तानी गर्न सकिन्छ। यातायात सेवा, होटल तथा रेष्टुरेन्टमा उठेजतिको बिल तिर्न पनि सीमा तोकिएको छैन।
 
बैंकमा रहेको खाताबाट वालेटमा रकम पठाउन वा एउटा वालेटबाट अर्कोमा प्रति कारोबार पाँच हजार रुपैयाँसम्म सार्न सकिन्छ। दैनिक सीमा भने १५ हजार तोकिएको छ। बैंकहरुले नै चलाएको वालेटमा त्यही दिन भुक्तानी गर्ने प्रयोजनका लागि एक प टकमा ५० हजार रुपैयाँसम्म सार्न सकिन्छ। वालेटमा रहने अन्तिम मोज्दातको अधिकतम सीमा २५ हजार तोकिएको छ।
 
भुक्तानी सेवा दिनेहरुले सञ्चालन गरेको एटिएमजस्ता उपकरणबाट बस्तु तथा सेवाको बिल भुक्तानी गर्दा प्रति कारोबार १०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म र प्रति दिन १५ हजार रुपैयाँसम्म मोबाइल रिचार्ज, टेलिभजिन तथा इन्टरनेट भुक्तानीका लागि टपअप गर्न सकिन्छ।
 
रेमिटेन्समा भुक्तानी रकमको सीमा एक लाखमा झारिएको छ। यसलाई एक लाखबाट दुई लाख पुर्याइएको थियो। एक लाखभन्दा वढि भुक्तानी गर्नु परे बैंक खातामार्फत गर्नु पर्छ।
 
प्रस्तावित निर्देशन अनुसार, क्रेडिट कार्डबाट नगद कारोबार गर्न निरुत्साहित गर्नु पर्छ। तर ग्राहकलाई अतिआवश्यक भएमा क्रेडिट कार्डको स्वीकृत सीमाको अधिकतम २० प्रतिशतसम्म मात्र रकम झिक्न पाइन्छ। प्रिपेड कार्डबाट पाँच सयदेखि पाँच हजार पैयाँसम्म मात्र रकम झिक्न पाइन्छ। यसको मासिक सीमा २५ हजार रुपैयाँ तोकिएको छ।
 
डेबिट कार्डबाट दैनिक एक लाख रुपैयाँ मात्र झिक्न मिल्छ। एक पटकमा २५ हजार रुपैयाँसम्म झिक्न मिल्ने प्रावधान प्रस्ताव गरिएको छ। 

यस्तो छ प्रस्तावित मस्यौदा