क्याथे ड्रागनको दशौ बार्षिक उत्सवको अवसरमा १०% छुट, फेब्रुअरी २८ सम्म प्रयोग गर्न पाइने

बिजमाण्डू
२०७४ मंसिर १५ गते १६:४७ | Dec 1, 2017
काठमाडौं। क्याथे ड्रागनले काठमाडौंमा उडान सञ्चालन गरेको १० वर्षको अवसरमा जुनसुकै उडानमा १० प्रतिशत छुट दिने भएको छ। साथै क्याथे प्यासिफिकमार्फत हङकङ र उत्तर अमेरिकामा उडान भर्ने यात्रुले विजनेस क्लास र इकोनोमिक क्लासको भाडामा छुट पाउने छन्।
 
डिसेम्वर १० देखि १५ सम्म बुक गर्ने यात्रुले टिकटमा १० प्रतशित छुट पाउने कम्पनीले जानकरी दिएको छ। यो समयमा बुक गर्ने यात्रुले २८ फेव्रुअरी २०१८ सम्म सुविधा लिनु पर्ने छ। 
 
ड्रागनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र हङकङ विचमा हप्ताको पाँच वटा उडान भर्दै आएको छ। ड्रागनले एयर बस ए ३३० मार्फत सेवा दिँदै आएको छ। यात्रुलार्इ उच्चस्तरी सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ। 
 
क्याथे ड्रागनले १६ देशका ५१ वटा शहरमा उडान भर्दै आएको छ क्याथे प्यासिफिकले ४९ राष्ट्रको १९८ शहरमा उडान भर्दै आएको छ। 
 

Tata
GBIME
Nepal Life