नेसनल लाइफले मृतक वलीका परिवारलार्इ दावी भुक्तानी गर्यो, २५ लाखको बीमा गर्दा ३८ लाख भुक्तानी

बिजमाण्डू
२०७४ मंसिर १८ गते १५:३४ | Dec 4, 2017
काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले बीमितका परिवारलाई ३८ लाख पाँच हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले तुलसीपुर उपमहानगरपालिका ५ का रत्नबहादुर वलीकी श्रीमती कौशिला वलीलाई ३८ लाख ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छन्।
 
रत्नबहादुर वलीले कम्पनीमा २०७१ असार ३१ गते २५ लाख रुपैयाँको जीवन बिमा गरेका थिए। बिमित वलीको २०७४ जेठ १६ गते निधन भएको थियो।
 
रत्नबहादुर वली आरके सप्लायर्सका प्रोप्राइटर तथा सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष थिए। 
 

Tata
GBIME
Nepal Life