निर्वाचनले आन्तरिकतर्फका धेरै उडान कटौंती, १ सय २० उडान रद्द, अन्तर्राष्ट्रिय उडान भने नियमित




काठमाडौँ। निर्वाचनका कारण मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका धैरै उडान कटौती भएका छन् ।



सरकारले निर्वाचनको समयमा विमान नउडाउन आग्रह गरेको र सर्वसाधारण यात्रु पनि मतदानमा सहभागी हुने हुँदा आन्तरिक उडान सीमित मात्रामा भएको हो । अन्तर्राष्ट्रिय उडान भने नियमित तालिकाअनुसार भइरहेको विमानस्थलले जनाएको छ ।

निर्वाचनका बेला सवारीसाधन चलाउन नपाइने भएको र मतदान पनि परेकाले आज सीमित  उडान रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता धनश्याम आचार्यले जानकारी दिए ।उनका अनुसार पर्यटकीय क्षेत्र पोखरा, लुक्ला लगायतका स्थानमा पर्यटक ल्याउन र दुर्गमका केही जिल्लामा कार्गो उडान मात्र भइरहेको छ ।

आज आन्तरिक उडानतर्फ बढीमा ३० वटा उडान मात्र रहेका छन् । सामान्य अवस्थामा दैनिक १५० उडान हुँदैआएको छ । हाल होलिकोप्टरसहित १८ वटा निजी वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

यता अन्तर्राष्ट्रिय उडानतर्फ भने सामान्य अवस्थामा उडान भइरहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।उनका अनुसार आज आन्तरिककतर्फ ८० प्रतिशतसम्म उडान कटौती भएको छ । अहिले २८ वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।


Share this Story

   

निर्वाचनले आन्तरिकतर्फका धेरै उडान कटौंती, १ सय २० उडान रद्द, अन्तर्राष्ट्रिय उडान भने नियमित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.