नेपाली युवा प्रकाशले जिते बेलायतको फाइनान्सियल इन्नोभेसन अवार्ड, ट्रफी र साढे ३ लाख पुरस्कार

बिजमाण्डू
२०७४ मंसिर २३ गते १५:०७ | Dec 9, 2017
नेपाली युवा प्रकाशले जिते बेलायतको फाइनान्सियल इन्नोभेसन अवार्ड, ट्रफी र साढे ३ लाख पुरस्कार


काठमाडौं । वित्तिय साक्षरता अभियानमा सकृय युवा प्रकाश कोइरालाले बेलायतको 'फाइनान्सिरलय इन्नोभेसन अवार्ड २०१७' हात पारेका छन्। 
 
लन्डन इन्स्टिच्युट अफ बैंकिंग एण्ड फाइनान्स र यु के  फाइनान्सबाट कोइरालाले बिहीबार यो अवार्ड जितेका हुन्। वित्तीय साक्षरतामा काम गर्ने बिभिन्न मुलुकका तीन हजार ७६१ प्रतिष्पर्धीलाई उछिन्दै उनी अन्तिम राउन्डमा पुगेका थिए। अन्तिम राउन्डमा एचएसबिसी बैंक, ल्लोयद्स बैंकिङ ग्रुप, भर्जिन मनी, प्यारिटी ट्रष्ट, ब्ल्याक बुलियन जस्ता प्रतिष्ठित संस्थासँग कोइरालाले प्रतिश्पर्धा गरेका थिए।

Tata
GBIME
Nepal Life


 

बिजयी घोषित भए पश्चात उनले ट्रफी र दुई हजार पाँच सय पाउन्ड स्टर्लिङ (करिब साढे तीन लाख रुपैयाँ) हात पारेका छन्। लन्डन इन्स्टिच्युट अफ बैंकिंग एण्ड फाइनान्स र यु के  फाइनान्सले प्रत्येक वर्ष वित्तीय समावेशीकरणको क्षेत्रमा योगदान दिने संस्थालाई अवार्ड दावी गर्दै आवेदन आह्वान गर्छ। यसपाली यो पुरस्कार वितरणको २० औँ संस्करण आयोजना भएको हो। 
 
कोइरालाले फिनलिट नेपाल नामक संस्था स्थापना गरि वित्तिय साक्षरता एवं समावेशीकरणमा काम गर्दै आएका छन्। उनको संस्थाले आम सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थाको सहयोगमा साना तथा मझौला ब्यवसायमा सहयोग पुर्याउँदै आएको छ। त्यस अलावा ग्रामीण क्षेत्रमा पैसाको महत्व बुझाउने बिभिन्न कार्यक्रम पनि कोइरालाले सञ्चालन गर्दै आएका छन्। अवार्डले आफ्नो अभियानलाई थप हौसला मिलेको कोइरालाले बताए।