मेगा बैंकको कामु सिइओमा अनुपमा खुँजेली, अनिल शाह औपचारिक रुपमा बिदा, पाउलिन् पुरै सिइओ?

बिजमाण्डू
२०७४ मंसिर २४ गते १६:०६ | Dec 10, 2017
मेगा बैंकको कामु सिइओमा अनुपमा खुँजेली, अनिल शाह औपचारिक रुपमा बिदा, पाउलिन् पुरै सिइओ?
काठमाडौं। अनिल शाहले छाडेपछि मेगा बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुँजेली नियुक्त भएकी छिन्। बैंकको सञ्चालक समितिले उनलाई गत ११ गते नै कामु सिइओको जिम्मेवारी तोकेको थियो।


 
शाहले हिजोबाट औपचारिक रुपमा बिदा लिएपछि खुँजेलीले जिम्मेवारी सम्हालेकी हुन्। तत्कालिन नेपाल ग्रिन्डलेज बैंक अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैकबाट करियर सुरु गरेकी खुँजेली नबिल बैक हुँदै मेगा बैंक पुगेकी थिइन्। 
 
चार्टर्डमा उनीसँगै काम गरेकाहरुले खुँजेली मेहेनति र कुरा बुझ्ने बैंकरभित्र पर्छिन्। 'लगनशील भएर काम गर्ने स्वभाव छ। उनीसँगैका धेरै बैंकरलाई कुरा बुझाउन समय लाग्थ्यो, तर उनले टपक्कै कुरा टिप्थिन' चार्टर्डमा कुनै बेला उनीसँगै काम गरेका एक बैंकरले भने।
 
चार्डर्डबाट अनिल शाह नबिल बैंक आएपछि उनीसँगै खुँजेली पनि आएकी थिइन्। सँगै आएकामध्ये खुँजेलीमा ब्यवस्थापकीय ज्ञान बढि रहेको एक बैंकरले जानकारी दिए। अनिल शाह नबिलबाट मेगा बैंक गएपछि खुँजेली पनि त्यतै लागिन्। 
 
अनिल शाह दुई  टर्म सकेर मेगा बैकबाट सेञ्चुरी कमर्सियल बैक गएका छन्। उनको मेगामा पुस २ गतेसम्म औपचारिक रुपमा जागिर छ। तर अर्को बैंकको नियुक्ति बुझिसकेकाले शाहले चाँडै बिदा लिएका हुन्। 

Tata
GBIME
Nepal Life