वासिङ मेशिन किन्ने सोचमा हुनुहुन्छ? महाबौद्धमा पाइन्छ ३० हजारदेखि ६० हजारसम्मका वासिङ मेशिन

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ मंसिर २५ गते १०:५१ | Dec 11, 2017
वासिङ मेशिन किन्ने सोचमा हुनुहुन्छ? महाबौद्धमा पाइन्छ ३० हजारदेखि ६० हजारसम्मका वासिङ मेशिन


काठमाडौं। महावौद्धस्थित  इलेक्ट्रिक पसलमा वासिङ मेसिन किन्नेको भीड लागेको छ।

Tata
GBIME
Nepal Life

ग्राहकले महावौद्धस्थित इलेक्ट्रिक पसलमा सामसुङ, एलजी, पानासोनिक, यासुडा, हिमस्टार , केल्भिनेटर लगायतका विभिन्न ब्राण्डका वासिङ मेसिन खरिद गर्न जाने गरेका छन्। यी ब्राण्डका वासिङ मेशिनहरु नै बढी बिक्री हुने गरेको महाबौद्धका ब्यापारी बताउँछन्। ब्राण्डेड वासिङ मेशिनमा ग्राहकले बिभिन्न अफरहरुका साथै एक वर्षदेखि १० वर्षसम्मको वारेन्टी पाउने भएकाले उनीहरु ब्राण्डतर्फ बढी आकर्षित हुने गरेको ब्यापारीहरुको भनार्इ छ। 

आर वन इलेक्ट्रोनिक्सका संचालक प्रदीप श्रेष्ठले  यासुडा, पानासोनिक, हिमस्टार ब्राण्डका वासिङ मेसिन बढी बिक्री हुने गरेको बताए। उनका अनुसार ६ केजी क्षमताको यासुडा वासिङ मेसिनको मूल्य ३९ हजार, ६ केजी क्षमताको पानासोनिक वासिङ मेसिनको मूल्य ५२ देखि ५५ हजार र ७.५ केजी क्षमताको हिमस्टारको मूल्य ५३ हजार रुपैयाँ छ।उनका अनुसार दैनिक चार वटा वासिङ मेसिन बिक्री भइरहेको छ।पानासोनिक ब्राण्डमा पाँच वर्षको वारेन्टी दिने गरेको श्रेष्ठले बताए। उनका अनुसार यासुडा र हिमस्टारमा भने एक वर्षको वारेन्टी छ।

अग्लेश्वरी महादेव इलेक्ट्रोनिक्सका संचालक जितु श्रेष्ठले ग्राहकले केल्भिनेटर र सामसङ ब्राण्डका वासिङ मेसिन बढी खरीद गरेको बताए।उनका अनुसार केल्भिनेटरको ६. ५ केजीको वासिङ मेसिन ५४ हजार रुपैयाँ पर्छ। आठ केजी क्षमताको सामसङको वासिङ मेसिनको६३ हजार रुपैयाँ रहेको छ।सामसङले १० वर्षको वारेन्टी दिएको छ। 'अघिपछि भन्दा जाडो याममै ग्राहक वासिङमेसिन किन्नका लागि आउने गर्छन्।' उनले भने।

गत वर्ष भन्दा यो वर्ष वासिङमेसिनको माग बढेको बिएस इलेक्ट्रोनिक्सका संचालक विकास श्रेष्ठले बताए। उनका अनुसार रिटेल  पसलबाट भन्दा सोरुमबाटै धेरै विक्री हुने गरेको छ। यस वर्ष वासिङ मेशिनको खरिदमा अघिल्लो वर्षको भन्दा १० देखि १५ प्रतिशतले बिक्री बढेको उनले बताए। उनको पसलमा सबैभन्दा सस्तो कोनका ब्राण्डको ३० हजार पर्ने वासिङ मेशिन छ।  सीजी, भिडीयोकोन र ह्वार्लपुलको वासिङ मेसिन विक्री गर्दै आएको सिल्भर साइनत इम्पेक्सका संचालक अनिल उप्रेतीले बताए।