सानिमा लाइफले सुरु गर्यो व्यवसाय, पाँच वर्षमा तेस्रो ठुलो जीवन बीमा कम्पनी बन्ने

बिजमाण्डू
२०७४ मंसिर २५ गते १७:०४ | Dec 11, 2017
सानिमा लाइफले सुरु गर्यो व्यवसाय, पाँच वर्षमा तेस्रो ठुलो जीवन बीमा कम्पनी बन्ने

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सेवा सुरु गरेको छ।बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागार्इँले बीमा कारोबारको शुभारम्भ गरे।

Tata
GBIME
Nepal Life

कम्पनीले तीन वटा नयाँ जीवन बीमा पोलिसी संचालनमा ल्यायो।सानिमा धनपती (अग्रिम भुक्तानी), सावधिक जीवन बीमा योजना, सानिमा दिर्घायू( सावधिक तथा आजीवन) जीवन बीमा योजना र सानिमा सरल तथा एकल भुक्तानी सावधिक योजना ल्याएको छ।कम्पनीको ३७ जना प्रमोटर रहेका छन्।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको शेयर सर्वसाधरणमा जारी गर्नेछ।कम्पनीले चालु आर्थिक वर्षभित्रै २० वटा शाखा कार्यालय संचालनमा ल्याउने जनाएको छ।कम्पनीका नायब महाप्रवन्धक केशवराज केसीले देशभर २५ सय भन्दा बढी बीमा अभिकर्तामार्फत बीमा पोलिसी बिक्री गर्ने बताए। नयाँ बीमा योजना तथा नयाँ शाखाको विस्तारको लागि बीमा समितिसँग स्वीकृती लिने अन्तिम तयारीमा रहेको केसीले जानकारी दिए।कम्पनीले पाँच वर्षमा तेस्रो ठूलो जीवन बीमा कम्पनी बन्ने दाबी गरेको छ।