ओप्पोको एफ फाइभ रेड नेपाली बजारमा, फेसनेबल लुक्सको सेट ४५ हजार रुपैयाँमा पाइने

बिजमाण्डू
२०७४ मंसिर २५ गते १७:३३ | Dec 11, 2017

काठमाडौं। ओप्पोको नयाँ मोडल एफ फाइभ सिक्स जिबी रेड एडिसन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले यसअघि ओप्पो  एफ फाइभ सिक्स जिबी ब्ल्याक र युथ १४ नोभेम्बरमा सार्वजनिक गरेको थियो।

Tata
GBIME
Nepal Life

ओप्पोका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने ' ग्राहक र सरोकारवालाले ओप्पोलार्इ देखाएको माया र सम्मानले धेरै नै उत्साहित भएका छौं।'
कम्पनीका अनुसार ओप्पो एफ फाइभ लार्जर स्टोरेज र ६ जिबी र्याम र ६४ जिबी रोम सहितको फेसनेबल लुक्समा  बनाइएको छ।

ओप्पो एफ फाइभले प्रयोगकर्ता लगायत अन्य व्यक्तिको अनुहारको छालाको रंग, लिङ्ग, उमेर  सजिलै  छुट्टाउन सक्ने कम्पनीले बताएको छ।
छ इन्च एफएचडी फुल स्क्रिन डिस्प्ले सहीत एफ फाइभ न्यारो फ्रेम युक्त छ। कम्पनीका अनुसार मिड रेन्ज स्मार्टफोनमा जिवन्त फुल स्क्रिन डिस्प्ले रहेको यो पहिलो सेट हो।
 कम्पनीले ओप्पो एफफाइभ रेडको बजार मूल्य ४४ हजार ९ सय ९० तोकेको जनाएको छ।