सांग्रिला डेभलपमेन्टको ८०% हकप्रद निष्कासन, हकप्रदपछि पूँजी २ अर्ब ४४ करोड पुग्ने

बिजमाण्डू
२०७४ मंसिर २८ गते ११:२६ | Dec 14, 2017

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले १० कित्ता साधारण शेयर बराबर नयाँ ८ कित्ताको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको छ। बैंकले प्रति शेयर १०० रुपैयाँमा एक करोड ८ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकले पुष १७ देखि माघ २१ गतेसम्म हकप्रद शेयरको निष्कासन तथा बिक्री खुल्ला गर्ने बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ। 

हकप्रद आवेदनकालागि प्रभु क्यापिटल, सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय तथा शाखा कार्यालयहरु, प्रभु बैंकको शाखा कार्यालयहरु बनेपा, विराटनगर, विरगञ्ज, जनकपुर र दमकका सथै आस्वा सुविधा भएका सबै बैंक तथा वित्तीय संस्था रहेको बताइएको छ।

बैंकको हालको चुक्ता पूँजी एक अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने हकप्रद शेयर निष्कासन पछि दुर्इ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ। बैंकका अनुसार हाल संस्थापक शेयर धनी ५१ प्रतिशत छन् भने सर्वसाधारणतर्फ ४९ प्रतिशत छन्।

बैंकको जगेडा कोषका ५७ करोड रुपैयाँ जम्मा भएको  छ। नेपाल राष्ट्र बैंकबाट 'ख' बर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको विकास बैंक रहेको सांग्रिला विकास बैंकले छ करोड रुपैयाँ जुटाउनुपर्ने हुन्छ। यसकालागि बैंकको जगेडा कोषमा रहेको ५७ करोड रुपैयाँ तथा गत वर्षको खुद मुनाफा ३४ करोड ३७ लाख रुपैयाँबाट बोनस शेयर दिएर पुर्याउन सक्ने देखिन्छ।

बैंकले ४४ वटा शाखा उपशाखा तथा एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिइरहेको जनाएको छ।